आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको भाउ बढ्ने क्रम जारी, तोलामा १ लाख ५ हजार २०० रुपैयाँ पुग्यो

सोमबार, ०२ माघ २०७९, ११ : ५६
सोमबार, ०२ माघ २०७९

नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदL व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ थप २०० रुपैयाँले बढ्दै १ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ  । महासंघले आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार रुपैयँ तोकेकोमा सोमबार थप बढेर १ लाख ५  हजार २०० रुपैयाँ पुगेको हो । 

यस्तै तेजावी सुन तोलामा १ लाख ४ जहार ७०० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको भाउ पनि सोमबार बढेको छ । आइतबार तोलामा १३९० रुपैयाँ कायम भएको चाँदीको भाउ सोमबार बढेर १४०० रुपैयाँ पुगेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप