डा. श्रेष्ठको शोकमा राष्ट्रिय ट्रमा सेन्टरको ओपीडी सेवा बन्द
काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरमा ओपीडी सेवा बन्द गरिएको छ । आइतबार विमान दुर्घटनामा परेर निधन भएका डा.शुशील श्रेष्ठको शोकमा ट्रमा सेन्टरको ओपीडी र प्रशासन सेवा बन्द गरिएको हो ।
काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एन–एनएनसी एटीआर विमान विहान १०.५१ मा पोखराको सेती खोंचमा दुर्घटना परेको थियो । विमानमा ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. श्रेष्ठको दुर्घटनामा परी मृत्यु भएको थियो । उनको शोकमा सोमबार सेन्टरको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको सेन्टरमा निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए ।
विमान दुर्घटनामा डा. श्रेष्ठ, उनकी श्रीमती डा. सोना दिवाकर र १० महिने छोराको निधन भएको थियो । निर्देशक डा.मरासिनीले भने– ‘विगत ६ वर्षदेखि डा.सुशीलले काम गर्दै आउनुभएको थियो, हिजो विमान दुर्घटनामा सपरिवार परेकोले सेन्टर शोकमग्न छ । ट्रमा सेन्टरको प्रशासन र ओपीडी बन्द गरिएको छ । आकस्मिक सेवा मात्र दिइरहेका छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण