राजनीति
संयन्त्रको बैठकपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी
सोमबार, ०२ माघ २०७९, १५ : ३६
काठमाडौँ । उच्चस्तरीय संयन्त्रको बैठक ५ बजे बस्ने भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संयन्त्रमा सत्ता साझेदार दलका अध्यक्षहरू सदस्य रहेका छन् ।
‘उच्चस्तरीय संयन्त्रको बैठक ५ बजे बस्दैछ । त्यहाँ छलफल गरेरमन्त्रिपरिषद्लाईसकभर आजै पूर्णता दिने तयारी छ’, एमाले उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
संयन्त्रको बैठक अघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच झण्डै ५ घण्टा ओली निवास बालकोटमा छलफल भएको थियो ।
छलफल सकेर बाहिर निस्कने क्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को पूर्णताबारे आजै टुंगो लाग्ने प्रतिक्रिया दिएका थिए । सरकारमा सहभागी दलहरुबीच समन्वय र सहकार्य गर्न अध्यक्ष ओलीको नेतृत्वमा संयन्त्र गठन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण