शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन

सोमबार, ०२ माघ २०७९, १९ : १९
सोमबार, ०२ माघ २०७९

काठमाडौं । पोखरामा विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ । सोमवार काठमाडौंको नागरिक उड्डयन प्राधिकरण अगाडि विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो । 

क्याबिन क्रु एशोसिएशन अफ नेपाल एयरलाइन्सले मृतकको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेको हो । आइतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकका सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । 

७२ जना सवार विमानमा अहिलेसम्म ६९ मृत शरीर जम्मा गरिएको छ भने ३ जनाको खोजी कार्य जारी रहेको छ । मृतकको पोस्टमार्टमका लागि गण्डकी अस्पतालमा राखिएको र ४१ जनाको अहिलेसम्म पहिचान खुलेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप