सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

देवघाटको महत्त्वलाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी छ : मेयर दाहाल

सोमबार, ०२ माघ २०७९, १९ : ४६
सोमबार, ०२ माघ २०७९

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देवघाट मेलाको अवलोकन गरेकी छन् । हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा चितवन र तनहुँमा लाग्ने मेलाको मेयर दाहालले स्थलगत अवलोकन गरी त्यहाँको अवस्थाबारे जानकारी लिएकी हुन् ।

मेलाको अवलोकन पश्चात् पत्रकारहरूसँग कुराकानी गर्दै मेयर दाहालले देवघाटधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न महानगरपालिकाबाट वर्षेनी ठुलो रकम विनियोजन गर्दै आएको जानकारी दिइन् । मेयर दाहालले देवघाटलाई थप व्यवस्थित गर्न सके ठुलो सङ्ख्यामा भक्तजनहरू भित्र्याउन सकिने उल्लेख गरिन् । 

‘देवघाट भरतपुर महानगरको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र हो,’ उनले भने, ‘यसको महत्त्वलाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी छ । देवघाटलाई मौलिक शैलीमा विकास गर्नुपर्छ । यसतर्फ महानगरको ध्यान दिइरहेको छ ।’ देवघाट मेलाको अवलोकन गरेपछि मेयर दाहाले बाल्यकालमा हजुर आमासँग मेला घुमेको स्मरण ताजा भएको बताइन् । 

पवित्र धार्मिक तीर्थस्थल देवघाट धाममा माघे सङ्क्रान्तिको अवसरमा हरेक वर्ष ठुलो मेला लाग्ने गर्दछ । नवलपुर, चितवन र तनहुँको सङ्गममा पर्ने यस धार्मिकस्थलमा माघे सङ्क्रान्ति मेला भर्न नेपालका साथै छिमेकी भातबाट समेत तीर्थालु आउने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप