देवघाटको महत्त्वलाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी छ : मेयर दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देवघाट मेलाको अवलोकन गरेकी छन् । हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा चितवन र तनहुँमा लाग्ने मेलाको मेयर दाहालले स्थलगत अवलोकन गरी त्यहाँको अवस्थाबारे जानकारी लिएकी हुन् ।
मेलाको अवलोकन पश्चात् पत्रकारहरूसँग कुराकानी गर्दै मेयर दाहालले देवघाटधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न महानगरपालिकाबाट वर्षेनी ठुलो रकम विनियोजन गर्दै आएको जानकारी दिइन् । मेयर दाहालले देवघाटलाई थप व्यवस्थित गर्न सके ठुलो सङ्ख्यामा भक्तजनहरू भित्र्याउन सकिने उल्लेख गरिन् ।
‘देवघाट भरतपुर महानगरको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र हो,’ उनले भने, ‘यसको महत्त्वलाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी छ । देवघाटलाई मौलिक शैलीमा विकास गर्नुपर्छ । यसतर्फ महानगरको ध्यान दिइरहेको छ ।’ देवघाट मेलाको अवलोकन गरेपछि मेयर दाहाले बाल्यकालमा हजुर आमासँग मेला घुमेको स्मरण ताजा भएको बताइन् ।
पवित्र धार्मिक तीर्थस्थल देवघाट धाममा माघे सङ्क्रान्तिको अवसरमा हरेक वर्ष ठुलो मेला लाग्ने गर्दछ । नवलपुर, चितवन र तनहुँको सङ्गममा पर्ने यस धार्मिकस्थलमा माघे सङ्क्रान्ति मेला भर्न नेपालका साथै छिमेकी भातबाट समेत तीर्थालु आउने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण