मन्त्रालय बाँडफाँटमा जसपाको असहमति
सोमबार, ०२ माघ २०७९, २३ : १६
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सत्ता साझेदार दलहरुबीचमा भएको मन्त्रालयको भागबण्डामा असहमति जनाएको छ । सो पार्टीलाई २ मन्त्रालय दिने सत्ता साझेदार दलमा सहमति भएपनि उसले अस्वीकार गरेका हो ।
जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले मन्त्रालय बाँडफाँडमा जसपाको गम्भीर असहमति रहेको बताए । ‘सत्ता गठबन्धनले सोमबार गरेको मन्त्रालय बाँडफाँटमा जनता समाजवादी पार्टी, नेपालको असहमति रहेको छ’, उनले भने, ‘निर्णयमा पुनर्विचार नगरिए जसपा सरकारमा सहभागी हुँदैन ।’
बैठकपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानले भने साझेदार दलमा रहेको जसपालाई मनाउन प्रयास गरिने बताएका छन् । लामिछानेले मन्त्रीहरुको शपथ मंगलबार दिउँसो १ बजे हुने पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण