साम्राज्ञीले भनिन्, ‘अभिनयमा भेराइटी नभएको आरोप ‘ह्यारीकी प्यारी’ले निस्तेज पार्छ’
काठमाडौंँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनयमा भेराइटी दिन नसकेको भन्ने आरोप फिल्म ‘ह्यारी कि प्यारी’ ले चिर्ने बताएकी छन् । ‘ह्यारी कि प्यारी’ को मोफसल प्रचार प्रसार टुरमा रहेकी शाहले हेटौडामा आयोजित एक कार्यक्रममा ‘ह्यारी कि प्यारी’ आफू अभिनीत पहिलो कमेडी फिल्म भएको जानकारी दिइन् ।
‘मलाई फरक कथाको चलचित्रमा अभिनय नगरेको भन्ने आरोप छ । त्यो आरोप ‘ह्यारीकी प्यारी’ले निस्तेज पार्नेछ’ उनले भनिन् । डा.कपिल रिजालको निर्माण निर्देशन रहेको ‘ह्यारीकी प्यारी’ आगामी माघ २० गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ । निर्माता समेत रहेका निर्देशक डा.रिजालले ‘ह्यारी कि प्यारी’ ले नेपाली समाजको मानवीय सम्बन्धलाई फरक ढङ्गबाट प्रस्तुत गरेको बताए ।
‘ह्यारी कि प्यारी’ नेपाली सहित हिन्दी, मराठी र बङ्गाली भाषामा निर्माण गरिएको छ । पहिलो चरणमा नेपाली भाषामा रिलिज हुने र त्यसपछि क्रमशः विदेशको माग अनुसार अन्य भाषालाई प्रदर्शन गर्ने उनको भनाई छ ।
फिल्मका अर्का मुख्य कलाकार जितु नेपालले ‘ह्यारी कि प्यारी’ अहिलेसम्म आफूले अभिनय गरेको फरक विषयवस्तुमा बनेको फिल्म भएको बताए । जितुले थपे ‘कलाकारको सधैँ नयाँ भूमिका निर्वाह गर्न चाहना हुन्छ । मेरो त्यो चाहना फिल्मले पुरा गरेको छ ।’
फिल्ममा साम्राज्ञी र जितुको अलवा बिजय बरालको समेत मुख्य भूमिका छ । कार्यक्रमका कलाकार बरालले जितु र आफू काका भतिजको भूमिकामा देखिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण