शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

साम्राज्ञीले भनिन्, ‘अभिनयमा भेराइटी नभएको आरोप  ‘ह्यारीकी प्यारी’ले निस्तेज पार्छ’

मङ्गलबार, ०३ माघ २०७९, ११ : १०
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौंँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनयमा भेराइटी दिन नसकेको भन्ने आरोप फिल्म ‘ह्यारी कि प्यारी’ ले चिर्ने बताएकी छन् । ‘ह्यारी कि प्यारी’ को मोफसल प्रचार प्रसार टुरमा रहेकी शाहले हेटौडामा आयोजित एक कार्यक्रममा ‘ह्यारी कि प्यारी’ आफू अभिनीत पहिलो कमेडी फिल्म भएको जानकारी दिइन् । 

‘मलाई फरक कथाको चलचित्रमा अभिनय नगरेको भन्ने आरोप छ । त्यो आरोप ‘ह्यारीकी प्यारी’ले निस्तेज पार्नेछ’ उनले भनिन् । डा.कपिल रिजालको निर्माण निर्देशन रहेको ‘ह्यारीकी प्यारी’ आगामी माघ २० गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ । निर्माता समेत रहेका निर्देशक डा.रिजालले ‘ह्यारी कि प्यारी’ ले नेपाली समाजको मानवीय सम्बन्धलाई फरक ढङ्गबाट प्रस्तुत गरेको बताए ।

‘ह्यारी कि प्यारी’ नेपाली सहित हिन्दी, मराठी र बङ्गाली भाषामा निर्माण गरिएको छ । पहिलो चरणमा नेपाली भाषामा रिलिज हुने र त्यसपछि क्रमशः विदेशको माग अनुसार अन्य भाषालाई प्रदर्शन गर्ने उनको भनाई छ ।

फिल्मका अर्का मुख्य कलाकार जितु नेपालले ‘ह्यारी कि प्यारी’ अहिलेसम्म आफूले अभिनय गरेको फरक विषयवस्तुमा बनेको फिल्म भएको बताए । जितुले थपे ‘कलाकारको  सधैँ नयाँ भूमिका निर्वाह गर्न चाहना हुन्छ । मेरो त्यो चाहना फिल्मले पुरा गरेको छ ।’

फिल्ममा साम्राज्ञी र जितुको अलवा बिजय बरालको समेत मुख्य भूमिका छ । कार्यक्रमका कलाकार बरालले जितु र आफू काका भतिजको भूमिकामा देखिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप