स्टुडियो थिएटरमा ‘देउराली डाँडी’
काठमाडौँ । गत जेठ महिनाबाट सञ्चालनमा आएको पिंगलास्थानस्थित सत्यमोहन जोशी स्टुडियो थिएटरमा अहिले नाटक ‘देउराली डाँडी’ मञ्चन भइरहेको छ । गत २९ पुसदेखि सुरु भएको नाटकको रङ्गकर्मी सहलेशको लेखन तथा अमेरिकी रङ्गकर्मी रोज स्वाइट्जको निर्देशन रहेको छ ।
नाटक ‘देउराली डाँडी’ एउटा गाउँको कथा हो । धेरै वर्ष अगाडी फैलिएको महामारीले गर्दा गाउँका सबै पुरुषहरू परदेशिएका हुन्छन् । बाँझो खेत, उजाडिएको देउराली, भत्किदै गएको गाउँको परिवेशमा महिलाहरूले गर्ने सङ्घर्षलाई नाटकमा देख्न सकिन्छ । गाउँमा देखिएको पुराना महामारीको लक्षण, त्यसैमा फेरि सङ्घर्ष, सङ्घर्षको अन्तिम चरणमा महिलाहरूले घाटु नाचको कथा, देवीहरूमा गाउँको पुरानो जीवनशैली खोज्ने साहस र आशाको कथाको सार नै देउराली डाँडी हो ।
एक्टर्स स्टुडियो र वान वल्र्ड थिएटरको सहकार्यमा फुल ब्राइट नेपाल यूएसईएफले प्रस्तुत गरेका नाटकमा दीया मास्के, पशुपति राई, मेनुका प्रधानका साथै बिनिता थापा मगर, रन्जना भट्टराई र सरस्वती चौधरी लगायत महिला कलाकारको भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण