राजनीति
सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा भण्डारी निर्वाचित
मङ्गलबार, ०३ माघ २०७९, ११ : ३३
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा भीम भण्डारी निर्वाचित भएका छन् । प्रदेशसभामा आज भएको मतदानमा भण्डारी २९ मतसहित निर्वाचित भएका हुन् । उनलाई सत्ता गठबन्धनमा रहेका एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र नागरिक उन्मुक्तिका सांसदले मत दिएका थिए ।
उनका प्रतिस्पर्धी कांग्रेसका मानबहादुर रावलले २० मतमात्र प्राप्त गरे । प्रदेशसभाका ५३ सदस्यमध्ये मानबहादुर रावलको विपक्षमा २८ मत परेको थियो । रावललाई कांग्रेसको १८ र नेकपा एकीकृत समाजवादीका दुई सांसदले मत दिएका थिए । मतदानमा एकीकृत समाजवादीका चार सांसदमध्ये दुई जना अनुपस्थित रहे ।
सुदूरपश्चिम प्रदेशसभाले सभामुख पदका लागि तेस्रो पटक मतदान गरेको हो । यसअघि भएका दुई निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेशसभाको बहुमत प्राप्त गर्न सकेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण