राजनीति
सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा भण्डारी निर्वाचित
मङ्गलबार, ०३ माघ २०७९, ११ : ३३
_xiKrCCjMCD.jpg)
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा भीम भण्डारी निर्वाचित भएका छन् । प्रदेशसभामा आज भएको मतदानमा भण्डारी २९ मतसहित निर्वाचित भएका हुन् । उनलाई सत्ता गठबन्धनमा रहेका एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र नागरिक उन्मुक्तिका सांसदले मत दिएका थिए ।
उनका प्रतिस्पर्धी कांग्रेसका मानबहादुर रावलले २० मतमात्र प्राप्त गरे । प्रदेशसभाका ५३ सदस्यमध्ये मानबहादुर रावलको विपक्षमा २८ मत परेको थियो । रावललाई कांग्रेसको १८ र नेकपा एकीकृत समाजवादीका दुई सांसदले मत दिएका थिए । मतदानमा एकीकृत समाजवादीका चार सांसदमध्ये दुई जना अनुपस्थित रहे ।
सुदूरपश्चिम प्रदेशसभाले सभामुख पदका लागि तेस्रो पटक मतदान गरेको हो । यसअघि भएका दुई निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेशसभाको बहुमत प्राप्त गर्न सकेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ
-
आन्तरिक उडान गर्ने हवाई जहाजले यात्रुलाई भेडा बाख्राजस्तो व्यवहार गरे : महेश बस्नेत
-
मखनमा ग्याँस विस्फोटबाट आगलागी, मृतक महिला नाङ्लो पसले
-
मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु
-
वीर अस्पताल सुधारका लागि उपाध्यायको संयोजकत्वमा कार्यदल गठन
-
क्रिस्टियानो रोनाल्डोका छोराको अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’