जनताले अनुभूति गर्नेगरी काम गर्छुः डा तोसिमा कार्की
मङ्गलबार, ०३ माघ २०७९, १७ : ११
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्य सेवा पाउने जनताको मौलिक हकलाई बलियो बनाएर लगिने बताएकी छन् । मौलिक हकलाई जनताले आभास र अनुभूति गर्न सक्नेगरी काम गर्ने उनको भनाइ छ ।
मंगलबार मन्त्रालयमा पदभारपछि बोल्दै डा कार्कीले आँखासम्बन्धी स्वास्थ्य सेवालाई विकेन्द्रीकरण गरी केन्द्र, प्रदेश र स्थानीय तहसम्म पहुँच विस्तार गरिने बताइन् ।
‘आधारभूत स्वास्थ्य केन्द्रसम्म सेवा विस्तारका लागि चाहिने पूर्वाधार, जनशक्तिको व्यवस्थापन गछौँ,’ उनले भनिन् । न्यूनतम स्वास्थ्य सेवा मापदण्डसम्बन्धीका निर्णयहरु पूर्णरुपमा लागू गरिने पनि उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण