बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जनताले अनुभूति गर्नेगरी काम गर्छुः डा तोसिमा कार्की

मङ्गलबार, ०३ माघ २०७९, १७ : ११
मङ्गलबार, ०३ माघ २०७९

 काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्य सेवा पाउने जनताको मौलिक हकलाई बलियो बनाएर लगिने बताएकी छन् ।  मौलिक हकलाई जनताले आभास र अनुभूति गर्न सक्नेगरी काम गर्ने उनको भनाइ छ । 

मंगलबार मन्त्रालयमा पदभारपछि बोल्दै डा कार्कीले  आँखासम्बन्धी स्वास्थ्य सेवालाई विकेन्द्रीकरण गरी केन्द्र, प्रदेश र स्थानीय तहसम्म पहुँच विस्तार गरिने बताइन् । 

 ‘आधारभूत स्वास्थ्य केन्द्रसम्म सेवा विस्तारका लागि चाहिने पूर्वाधार, जनशक्तिको व्यवस्थापन गछौँ,’ उनले भनिन् । न्यूनतम स्वास्थ्य सेवा मापदण्डसम्बन्धीका निर्णयहरु पूर्णरुपमा लागू गरिने पनि उनले बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप