लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल’ हुने
काठमाडौंँ । विश्व बजारमा नेपाली फिल्मको प्रवर्धन गर्ने उद्देश्यका साथ बेलायतको राजधानी लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल २०२३’ आयोजना हुने भएको छ । ‘थर्डआइ’ ले आयोजना गर्न लागेको फेस्टिभल ८ दिन चल्नेछ ।
फेस्टिभलमा एकदर्जन हाराहारी नेपाली फिल्म देखाइनेछ । हलमा रिलिज भएका तर युट्युबमा नआइसकेका फिल्महरुलाई छनोट गरी फेस्टिभलमा देखाइने थर्डआइका निर्देशक विकास देवकोटाले बताए ।
विकासका अनुसार ‘जीवन काँडा कि फूल’, ‘प्रकास’, ‘झिंगेदाउ’, ‘प्रेमगीत३’ लगायत फिल्म फेस्टिभलका लागि छनोट भएको छ ।
नेपालीमा के कस्ता फिल्म बनिरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिन जरुरी छ । त्यसैले नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म छनोट गरेका छौँ’, विकासले भने ।
फेस्टिभल आगमी १८ देखि २५ फेब्रुअरीसम्म चल्नेछ । फेस्टिभलमा नेपालबाट एक दर्जन बढी कलाकार सहभागी हुनेछन् । जसमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीदेखि कलाकार नीर शाह, करिश्मा मानन्धर, दिनेश डिसी, सन्तोष सेन, स्वस्तिमा खड्का, आँचल शर्मा, पुष्प खड्का, अनुपविक्रम शाही, रीमा विश्वकर्मा लगायत रहने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण