आगोले जलेर दुई जनाको मृत्यु
बुधबार, ०४ माघ २०७९, १२ : ०९
काठमाडौं । छुट्टाछुट्टै स्थानमा आगले जलेर २ जनाको मृत्यु भएको छ । नवलपरासी(पश्चिम) स्थित बर्दघाट नगरपालिका-४ हरियाली बस्ती बस्ने ८० वर्षीया तारादेवी पराजुलीको आगोले जलेर मृत्यु भएको छ ।
आफ्नै घरमा आगो ताप्ने क्रममा शरीरमा आगो सल्किएर जल्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी बाराको कलैया उपमहानगरपालिका-१२ धर्मनगर बस्ने ३५ वर्षीया लालसा देवी काईरिनको आगोले जलेर गएराति मृत्यु भएको छ । आफ्नै घरमा गत पुस २७ गते आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर जल्दा गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पताल काठमाडौं उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण