विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला
काठमाडौं । देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार उदयपुरको त्रियुगा नगरपालिका-१० स्थित बोक्से बस्ने ६० वर्षीया ईन्द्रदेवी राई आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी बझाङको बुंगल नगरपालिका-६ स्थित कफलसेरी बस्ने ४५ वर्षीया मोहना दमाई सोही ठाउँस्थित कफलसेरी खोलामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी चितवनको रत्ननगर नगरपालिका-२ हाईस्कुल रोड डेरा गरी बस्ने भक्तपुर सूर्यविनायक घर भएका ४० वर्षीय बाल गोपाल प्रजापती आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
तेह्रथुमको फेदाप गाउँपालिका-२ बस्ने २६ वर्षीय रणजित लिम्बु पनि सोही ठाउँस्थित सडकको नालीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी झापाको कन्काई नगरपालिका-३ स्थित वनमारी राईस मिलमा काम गर्ने भारत घर भएका ३५ वर्षीय जिवन हस्ता मंगलबार सोही मिलको कोठामा मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण