स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्छु : मन्त्री गिरी
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सुधार्ने बताएका छन् । त्यसका लागि आफूले अध्ययन थालेको बताएका गिरी मंगलबार स्वास्थ्यमन्त्रीमा नियुक्त भएसँगै कान्ति बाल अस्पतालको निरीक्षणमा पुगेका थिए । यस्तै बुधबार उनले मन्त्रालयमा पुगेर मातहतका कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन् । उनले बुधबार खाना मन्त्रालय परिसरकै क्यान्टिनमा कर्मचारीहरुसँगै खाएका थिए ।
गिरी एमालेबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएका हुन् । स्वास्थ्य क्षेत्रमा रहेका बेथिति र सुधारका लागि धेरै काम गर्न बाँकी रहेको भन्दै उनले त्यसमा आफू लागिपर्ने प्रतिबद्धता जनाए । मन्त्री गिरीले कान्तिमा बिरामी कुरुवा कक्ष, बिरामी र कुरुवाले प्रयोग गर्ने शौचालय लगायतको अनुगमनपछि सरसफाइमा बिरामीका आफन्तको गुनासो आएको भन्दै सुधार्न निर्देशन दिए ।
सबै नेपाली जनताले स्वास्थ्य सेवा पाउने सुनिश्चितताका लागि आफू लागिपर्ने भन्दै गिरीले सबैको साथको अपेक्षा रहेको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण