शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्छु : मन्त्री गिरी

बुधबार, ०४ माघ २०७९, १४ : १९
बुधबार, ०४ माघ २०७९

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सुधार्ने बताएका छन् । त्यसका लागि आफूले अध्ययन थालेको बताएका गिरी मंगलबार स्वास्थ्यमन्त्रीमा नियुक्त भएसँगै कान्ति बाल अस्पतालको निरीक्षणमा पुगेका थिए ।  यस्तै बुधबार उनले मन्त्रालयमा पुगेर मातहतका कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन् । उनले बुधबार खाना मन्त्रालय परिसरकै क्यान्टिनमा कर्मचारीहरुसँगै खाएका थिए । 

गिरी एमालेबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएका हुन् । स्वास्थ्य क्षेत्रमा रहेका बेथिति र सुधारका लागि धेरै काम गर्न बाँकी रहेको भन्दै उनले त्यसमा आफू लागिपर्ने प्रतिबद्धता जनाए ।  मन्त्री गिरीले कान्तिमा बिरामी कुरुवा कक्ष, बिरामी र कुरुवाले प्रयोग गर्ने शौचालय लगायतको अनुगमनपछि सरसफाइमा बिरामीका आफन्तको गुनासो आएको भन्दै सुधार्न निर्देशन दिए ।

सबै नेपाली जनताले स्वास्थ्य सेवा पाउने सुनिश्चितताका लागि आफू लागिपर्ने भन्दै गिरीले सबैको साथको अपेक्षा रहेको समेत बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप