मधेसको बीचबाट ६ लेन सडक निर्माण गर्न भरत साहको सुझाव
जनकपुरधाम । मधेस प्रदेशसभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले मधेस प्रदेशको बीचबाट पूर्व–पश्चिम ६ लेनको सडक निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले तत्कालीन राजा महेन्द्रले निर्माण गरेको पूर्व–पश्चिम राजमार्ग उत्तरी क्षेत्रमा रहेकाले मधेसको ठुलो जनसंख्या लाभान्वित हुन नसकेको बताए ।
उनले प्रदेश सरकारले २–३ सय मिटर ढलान बाटो तथा नाला निर्माणमा अल्झिन नहुने प्रस्ट पारे । उनले भने, ‘हामी वडा अध्यक्ष हो र ? दुईसय तीनसय मिटर ढलान बाटो बनाउने ?’ उनले भने, ‘६ लेन बाटो मधेसको बीचबाट बनाउन आँट गरौं ।’
सप्तरीदेखि पर्सासम्म मधेसको बीच भागबाट पूर्व–पश्चिम ६ लेनको सडक निर्माण गरे प्रदेश समृद्ध हुने उनको भनाइ छ । उनले प्रदेश सरकारले साधारण खर्च कटौती गरेर विकास खर्च बढाउनतिर ध्यान दिनुपर्नेमा पनि जोड दिए ।
मुख्यमन्त्रीतिर लक्षित गर्दै उनले भने, ‘विश्वासको मत लिने बित्तिकै संविधानमा लेखिएका अधिकार लिन अघि बढ्नुहुन्छ भन्ने विश्वास लिएको छु । त्यसका लागि आफ्नो पार्टीले दह्रो साथ दिने विश्वास दिलाउन चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण