दोस्रो दिन नेप्सेमा ९ अंकको गिरावट, ४ अर्ब ९२ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन बुधबार नेप्से सूचकमा ९ अंकको गिरावट आएको छ । अघिल्लो दिन ३२ अंकमाथिले बढेको नेप्से सूचक आज ९.०१ अंकले घट्दै २१७३.१० अंकमा झरेको हो ।
तर, अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा भने बढोन्नती आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९ अंकले घटेको बजारमा ४ अर्ब ९२ करोड ८७ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख कित्ता सेयर किनबेच भएको छ ।
अघिल्लो दिन ३२ अंकले बढेको बजारमा जम्मा ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
यस दिन बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, जीवन बीमा, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, निर्जीवन बीमा र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने डेभलमेन्ट बैंक, हाइड्रोपावर र म्युचुअल फन्ड समूहको उपसूचक मात्र धनात्मक भएका छन् ।
आज पनि पिपुल्स पावर कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य ७.८९ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्वारा होन्डुरस पराजित
-
पोखरामा चोरी गर्दागर्दै काभ्रेका युवक रङ्गेहात पक्राउ
-
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
-
कास्कीमा प्रहरीको ‘स्वीप अप्रेसन’, ४० सवारी साधन कारबाहीमा
-
न्याय पाउने आशासहित मातृभूमि फर्किएको छु : धुर्मुस
-
रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण