एमबीबीएस पढ्ने विद्यार्थीलाई ३५ लाख छात्रवृत्ति
जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाभित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले रु ३५ लाख छात्रवृत्ति दिने भएको छ ।
पाँच वर्षमा एक चिकित्सक उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरी गाउँसभाबाट पारित भएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए । एमबीबीएसलगायत प्रविधिक विषयमा पढाउन सहयोग गर्न लागेको गाउँपालिका अध्यक्ष बोहोराको भनाइ छ ।
सो गाउँपालिकाले बुधबार १० औँ हिउँदे गाउँसभाबाट एमबीबीएस पढ्ने विद्यार्थीलाई छात्रवृत्तिदेखि बालमैत्री वडा घोषणासम्मका विभिन्न ऐन नियम पारित गरेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् ।
हिउँदे गाउँसभाबाट पालिकाका सबै वडामा ‘बाल विवाह न्यूनीकरणमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारालाई मध्यनजर गर्दै बाल विवाह रोकथामका विभिन्न सचेतना कार्यक्रम चलाइने उपाध्यक्ष रोकायाले भनिन्, “पालिकाको वडा नं ४ र ५ लाई बालमैत्री वडा घोषणा गर्ने निर्णय गाउँसभाबाट पारित भएको छ ।”
उनका अनुसार पालिकाभित्रका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि हिउँदे गाउँसभाबाट छात्रवृत्ति निर्देशका, २०७९ बहुमतले गाउँसभाबाट पारित भएको सो छ ।
सामुदायिक विद्यालयबाट आएका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि यो गाउँसभाबाट विशेष प्राथमिकता दिने भनेर निर्णय गरि गाउँसभाबाट पारित भएको छ । उपाध्यक्ष रोकायाले भनिन्, “अब पालिकाले आफ्नो लगानीमा एक जनालाई एमबीबीएस पढाउन रु ३५ लाख लगानी गर्ने भएको छ ।” पाँच वर्षसम्म रु सात लाखका दरले पालिकाले एमबीबीएस पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने उनको भनाइ छ ।
पालिकाको उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत बुटवलको देवदह मेडिकल कलेजमा वडा नं ४ लुमगाउँका २३ वर्षीय नवीन रेउले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययनरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण