मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनमा लैजान सबै मन्त्रीले सात दिनभित्र कार्ययोजना पेश गर्नुपर्ने

उखुको समर्थन मूल्य निर्धारण, किसानले प्रतिक्विन्टल ६१० रुपैयाँ पाउने
बुधबार, ०४ माघ २०७९, २० : ३३
बुधबार, ०४ माघ २०७९

काठमाडौं । सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रीहरूले सात दिनभित्र आ-आफ्नो क्षेत्रको कार्ययोजना पेश गर्नुपर्ने भएको छ । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारका नीतिगत प्राथमिकता प्रभावकारी कार्यान्वयन गर्न मन्त्रिपरिषद् बैठकले नै निर्णय गर्नुपरेको सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

‘सरकारको नीतिगत प्राथमिकता सरकारको न्यूनतम साझा कार्यक्रम हो । ती कार्यक्रम कार्यान्वयनमा लैजाने भनेर यसअघिकै मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको छ’, मन्त्री पौडेलले भने, ‘उक्त नीतिगत प्राथमिकता र कार्यक्रम कार्यान्वयनका लागि हरेक मन्त्रालयसँग सम्बन्धित आवश्यक कार्ययोजना निर्माण गर्न सात दिनको समय प्रदान गरिएको छ ।’

उनले सबै सबै सम्बन्धित मन्त्रालयहरुले कार्ययोजना बनाएर मन्त्रिपरिरषद्मा प्रस्तुत गर्ने र निर्णय गरेर अघि बढ्ने बताए । यसैगरी सरकारले उखु किसानलाई मध्यनजर गर्दै उखुको समर्थन मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढाएको छ । यस वर्षका लागि उखुको विक्री मूल्य निर्धारण गर्दै प्रतिक्विन्टल ५४० रुपैयाँ तोकेको हो । त्यस्तै सरकारले उखुको ढुवानी भाडा प्रतिक्विन्टल ७० रुपैयाँ बेहोर्ने निर्णय भएको उपप्रधानमन्त्री पौडेलले जानकारी दिए । यो निर्णयपछि अव किसानले प्रतिक्विन्टल ६१० रुपैयाँ पाउने भएका छन् ।

‘अव किसानले उखुको प्रतिक्विन्टल मूल्य ५ सय ४० रुपैयाँ र सरकारी अनुदान ७० रुपैयाँसहित ६ सय १० रुपैयाँ पाउने छन् । यो निर्णय सरकाले गरेको छ,’ उपप्रधान तथा अर्थमन्त्री पौडेलको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप