भारतको जीतमा शुभमनको तीन विश्व कीर्तिमान
नयाँ दिल्ली । तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो रोमाञ्चक भिडन्तमा भारतले न्युजिल्याण्डलाई १२ रनले पराजित गरेको छ । भारतको जीतमा दोहोरो शतक बनाउने युवा ब्याट्सम्यान शुभमन गिल नायक बने । उनले मात्र १४९ बलमा २०८ रन बनाउन सफल भए । गिलले भारतको पारीमा एक्लैले कूल स्कोरको ५९.७७ प्रतिशत रन बनाएका थिए । अन्य कुनै ब्याट्सम्यानले अर्धशतकसमेत बनाउन सकेनन् । यस पारीका दौरान गिलले तीन विश्व कीर्तिमान बनाएका छन् ।
यसबाहेक भारतीय कप्तान रोहित शर्माले महेन्द्रसिंह धोनीको एउटा रेकर्ड पनि तोडेका छन् । शुभमन एकदिवसीय क्रिकेटमा दोहोरो शतक लगाउने भारतका पाँचौँ ब्याट्सम्यान हुन् । कूल ८ जना ब्याट्सम्यानले १० वटा दोहोरो शतक बनाएका छन् । यसमध्ये गिल उपलब्धि हासिल गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन् । उनले २३ वर्ष १३२ दिनको उमेरमा दोहोरो शतक बनाएका हुन् ।
यसअघि ईशान किशनले २४ वर्ष १४५ दिनमा तथा रोहित शर्माले २६ वर्ष १८६ दिनमा दोहोरो शतक हिर्काएका थिए । गिलले एकदिवसीय क्रिकेटमा १ हजार रन पनि पुरा गरेका छन् । भारतीय खेलाडीहरूमध्ये सबैभन्दा कम पारीमा उनले यो कोशेढुंगा पार गरेका हुन् । उनले १९ एकदिवसीयका १९ पारीमा १ हजार पुरा गरे । यो रेकर्ड विराट कोहली र शिखर धवनको नाममा रहेको थियो । दुवैले २४–२४ पारीमा १ हजार रन बनाएका थिए । १९ पारीमा उनले सबैभन्दा धेरै रन बनाउने कीर्तिमान पनि उनले तोडेका छन् ।
उनले हालसम्म १ हजार १०२ रन बनाएका छन् । यसअघि पाकिस्तानका फखर जमानले १९ पारीमा १ हजार ८९ रन बनाएका थिए । त्यस्तै, गिलले न्युजिल्याण्डविरुद्ध एकै पारीमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान पनि तोडेका छन् । उनले पूर्व दिग्गज ब्याट्सम्यान सचिन तेन्दुलकरको कीर्तिमान भङ्ग गरेका हुन् । यसअघि सन् १९९९ मा तेन्दुलकरले किवी टोलीविरुद्ध १८६ रन बनाएका थिए भने सन् २०२३ मा अस्ट्रेलियाका म्याथ्यु हेडेनले १८१ रन बनाएका थिए ।
यता रोहित शर्माले भारतमा सबैभन्दा धेरै छक्का हिर्काउने धोनीको रेकर्ड तोडेका छन् । धोनीले भारतमा १२३ छक्का हिर्काएका थिए । रोहितको छक्काको सङ्ख्या १२५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनियाेजन विधेयक पारित हुँदै गर्दा संसद्मा जे देखियाे, तस्बिरहरू
-
भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा एक सातादेखि चलिरहेछ सुनुवाइ
-
विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण