साम्राज्ञीले ‘तिम्रो मेरो साथ’ छाडेर किन गरिन् अर्को फिल्मको प्रचार ?
काठमाडौंँ । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह फिल्म ‘तिम्रो मेरो साथ’ को प्रचारमा राम्रै खटिएकी थिइन् । निर्माण युनिटले आयोजना गरेको कार्यक्रमदेखि फिल्मको प्रचारमा आयोजित मोफसल टुरमा समेत उनको सहभागीता थियो । फिल्म रिलिजको भोलिपल्ट भने उनी ‘तिम्रो मेरो साथ’ छाडेर यही माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको नयाँ फिल्म ‘ह्यारी कि प्यारी’ को प्रचारमा हिँडिन् । उनी अहिले सोही फिल्मको प्रचार प्रसारमा हिँडिरहेकी छन् ।
यता शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘तिम्रो मेरो साथ’ले भने राम्रो दर्शक पाउन सकेन । जसका कारण रिलिज फिल्म छोडेर अर्काे काखी च्यापेको र रिलिज फिल्मलाई साथ नदिएको आरोपमा उनको आलोचना भइरहेको छ ।
अभिनेत्री साम्राज्ञीले भने आफूले ‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’लाई कुनै भेदभाव नगरेको बताएकी छन् । बुधबार कमेडी क्लब विथ च्याम्पियन कार्यक्रममा ‘ह्यारी कि प्यारी’को प्रचारमा पुगेकी उनले आफ्ना लागि दुवै फिल्म उत्तिकै प्रिय भएको बताएकी छन् । उनले ‘ह्यारी कि प्यारी’ लाई समय दिनुपर्दा ‘तिम्रो मेरो साथ’ लाई दिन नभ्याएको भन्दै टिमको साथ भने नछाडेको स्पष्ट पारेकी छन् ।
‘सबैलाई थाहा छ । ‘तिम्रो मेरो साथ’ लागि मैले एकदमै साथ र सपोर्ट गरेको थिएँ’, साम्राज्ञीले भनिन् ‘उहाँहरुको फिल्ममा जसरी साथ दिएँ अर्काेमा पनि दिनुपर्यो नि !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण