शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्कृष्टताको पर्याय बन्दै बजाज पल्सर एन सिरिज : एन २५० र एन १६० को उच्च माग

बिहीबार, ०५ माघ २०७९, १५ : ००
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । नेपाल भित्रिएको छोटो समयमा नै बजाज पल्सर एन सिरिजले अटो पारखीहरूको मन जित्न सफल भएको छ । डबल एबीएससहितको आकर्षक लुक्स, उत्कृष्ट पावर पिकअपमा आएको एन २५० र एन १६० ले आक्रामक बजार विस्तार गर्न सफल भएको हो । 

उसो त युवा पुस्ताहरूलाई नै लक्षित गर्दै कम्पनीले स्पोर्टी र आकर्षक लुक्समा उत्कृष्ट पावर पिकअपसहित मोटरसाइकलको डिजाइन गरेकाले पनि एन सिरिजको थप लोकप्रियता चुलिएको बजाजका लागि नेपालको एक मात्र आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले जनाएको छ । 

‘सुरुवाती चरणदेखि नै बजाजले नेपाली बाइकिङ क्षेत्रमा नयाँ आयाम प्रदान गर्दै आएको छ । दुई पाङ्ग्रेमा पल्सरले एक खालको क्रान्ति नै ग¥यो भन्दा फरक नपर्ला’ गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले थपे, ‘७० भन्दा बढी देशहरुमा रुचाइएको बजाज पल्सर विश्व लोकप्रिय प्रोडक्ट हो’ ‘र फेरी पनि यही सिलसिलालाई कायम राख्दै कम्पनीले बजारमा पल्सर एन सिरिजका २ वटा नयाँ बाइकहरु बजारमा ल्याएको छ ।’

कम्पनीले केही महिना अघि मात्रै नेपाली बजारमा पल्सर एन सिरिजका दुई वटा मोटरसाइकल एन २५० र एन १६० ल्याएको छ । जुन मोटरसाइकलले यतिखेर बजारमा सबैको ध्यान तानिरहेको छ । 

यस्तो छ एन सिरिजका दुई मोटरसाइकल विशेषता

पल्सर एन २५०

pulsar-n250-right-front-three-quarter-8

२४९ सीसी सिगंल सिलिन्डर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, आयलकुल्ड, एफआई इन्जिनमा उपलब्ध पल्सर एन २५० उत्कृष्ट स्पोर्टी मोटरसाइकल हो । ८७५० आरपीएममा मोटरसाइकलले उच्चतम २४.५ पीएस पावर जेनेरेट गर्छ भने ६५०० आरपीएममा २१.५ एनएम टर्क जेनेरेट गर्ने सामथ्र्य राख्दछ ।

एबीएससहितको दुवै ह्वीलमा डिस्क ब्रेक प्रदान गरिएको मोटरसाइकलमा फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क पाउन सकिन्छ । 

१७ इन्चको अलोय ह्वील, फ्रन्टमा टेलिस्कोपीक सस्पेन्सन र रियरमा निट्रोक्स मोनोसक, एनालगसहितको डिजिटल कन्सोल, वाइ फंग्सनल एलइडी प्रोजेक्टर हेडल्याम जस्ता फिचरले मोटरसाइकललाई निकै उत्कृष्ट सावित गरेको छ । एन २५० बजार मूल्य ४ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

पल्सर एन १६०

20220926-1664191332-195-1-auto

यसअघिकै पल्सर एनएस १६० को रिप्लेसमेन्टमा आएको एन १६० युवा पुस्ताहरुको पहिलो रोजाई बनेको छ । पल्सर १५० बाट अपग्रेड चाहिरहेका र एनएसकै विकल्प खोजिरहेकाहरुका लागि समेत एन १६० उपयुक्त विकल्प बनेको छ । 

एन १६० मा कम्पनीले इन्जिन, ह्वील, इन्धन ट्याङ्की, बडी प्यानल, हेडलाईट, टेललाइट, इन्ट्रयुमेन्ट क्लष्टरदेखि एगजस्टसम्म परिवर्तन गरेको छ । 

१६४.८ सीसी इन्जिन क्षमतामा उपलब्ध मोटरसाइकलमा कम्पनीले विल्कुलै नयाँ आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन प्रदान गरेको छ । यस इन्जिनले ८७५० को आरपीएममा अधिकतम १६ पीएसको पावर जेनेरेट गर्छ भने ६७५० को आरपीएममा १४.६५ एनएम टर्क उत्सर्जन गर्छ ।

मोटरसाइकलमा ५ स्पीड गियरबक्ससहित दुबै चक्कामा एबीएस डिस्क ब्रेक, अलोय ह्वील, आईब्रो डिजाइनमा एलइडी एलइडी डेटाइम रनिङ लाइटसहित ट्वीन भर्टिकल एलइडी टेलल्याम्प उपलब्ध रहेका छन् । पल्सर एन १६० को बजार मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप