नेप्से ५ अंकले वृद्धि, ३ अर्बको कारोबार
काठमाडौं । बिहीबार सेयर बजार सूचक नेप्सेमा ५ अंकको सुधार आएको छ । अघिल्लो दिन ९ अंकले घट्दै २१७३.१० अंकमा ओर्लिएको नेप्सेमा आज ५.७१ अंकको वृद्धि हुँदै २१७८.८१ अंकमा उक्लिएको हो ।
तर, आज अघिल्लो दिनको तुलनामा सेयर कारोबारमा भने घट्न पुगेको छ । अघिल्लो दिन ९ अंकले घटेको बजारमा ४ अर्ब ९२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार हुँदैगर्दा आज जम्मा ३ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी एनआईसी एसिया बैंकको १८ करोड ४ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने रिडी पावर कम्पनीको १२ करोड ३२ लाख २७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन बैंकिङ समूहको उपसूचक ०.६६ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको १.०३ प्रतिशतले, इन्भेष्टमेन्ट समूह १.७८ प्रतिशतले, मुचुअल फन्ड १.४७ प्रतिशतले, नन् लाइफ इन्स्योरेन्स ०.२१ प्रतिशतले र ट्रेडिङ समूहको उपसूचक २.६८ प्रतिशतले बढेको छ ।
यता डेभलमेन्ट बैंक समूहको उपसूचक ०.१४ प्रतिशतले घट्दा आज फाइनान्स समूहको उपसूचक ०.४६ प्रतिशतले, होटल तथा पर्यटन १.०९ प्रतिशतले, लाइफ इन्स्योरेन्स ०.३० प्रतिशतले, म्यानु एण्ड प्रो ०.४९ प्रतिशतले, माइक्रोफाइनान्स समूह ०.७४ प्रतिशतले र अन्य समूहको उपसूचक ०.८८ प्रतिशतले घटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण