प्रतिनिधिसभा बैठक : विमान दुर्घटनासम्बन्धी शोक प्रस्ताव पारित
बिहीबार, ०५ माघ २०७९, १६ : २२

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले पोखरामा गत आइतबार विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी शोक पारित गरेको छ । बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
काठमाडौंबाट पोखराका लागि प्रस्थान गरेको यती एयरलाइन्सको विमान आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त हुँदा चालक दलका चारसहित ७२ जनाको निधन भएको थियो । दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठकमा मौनधारण गरिएको थियो ।
यसअघि आजकै बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विमान दुर्घटनाका बारेमा सदनलाई जानकारी गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही माघ ७ गते शनिबार अपराह्न १ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५ वर्षको उमेरमा नागरिकता प्राप्त
-
सरकारबारे उपेन्द्र : भाषणमा आलोचना, वास्तविकतामा समर्थन
-
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
-
सरकारको बेरुजु ७३३ अर्ब नाघ्यो, एकैवर्ष थपियो ६३ अर्ब २८ करोड थप