कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै
सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिनुहुने भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्रै विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार आज बस्ने प्रदेशसभाको बैठकबाट शर्माले विश्वासको मत लिन मङ्गलबार नै प्रदेशसभा सचिवालयलाई जानकारी गराइएको छ । प्रदेशसभामा कायम रहेका ४० सदस्यमध्ये सभामुखबाहेक सबैले मुख्यमन्त्रीमाथि विश्वास छ वा छैन भन्ने मत दिने अधिकार हुन्छ ।
प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार आज बिहान ११ः०० बजे सर्वदलीय बैठक बस्दैछ । बैठकको निर्णयबमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आजै दिउसो १ः०० प्रदेशसभाको बैठक आह्वान हुनेछ । प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले) का १० तथा नेकपा (एकीकृत) समाजवादी र राप्रपाका एक–एक, नेपाली कांग्रेसका १४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण