जेरार्डको घर छेउमा साकिराले लगाइन् पर्खाल
शुक्रबार, ०६ माघ २०७९, १० : ४४
लस एन्जलस । पतिसँग अलग्गिएपछि ऊसँगको सम्बन्धलाई सदाका लागि बिर्सन पत्नीले कतिसम्म काम गर्छन् भन्ने उदाहरण कोलम्बियन गायिका साकिरालाई हेरे पुग्छ । साकिराले पूर्व पति जेरार्ड पिकेसँग अलग्गिएपछि अहिले जेरार्डकी आमा मोन्टसेराट बर्नाबेउसँग समेत टुटाउन अनौठो उपाय अपनाएकी छन् ।
मोन्टसेराट बस्ने घर र साकिरा बस्ने सँगै छ । सोहीकारण दुवै परिवारबीचको बोलचाल र सम्बन्धलाई पूर्णविराम लगाउनका लागि साकिराले दुवै घरको बीच भागमा पर्खाल निर्माण गर्न थालेकी छन् ।
‘वाका वाका’ गायिकाको स्पेनमा रहेको घरको केही क्षेत्र उनको पूर्व परिवारको घरसँग जोडिएको छ । त्यसकारण साकिरा पिकेसँग अलग भएपछि पिकेसँग जोडिएका हरेक कुराबाट अलग हुन चाहेकी छन् ।
हालै मात्र एक टेलिभिजनले बार्सिलोनामा रहेको साकिराको घर अगाडि सिमेन्टको मिश्रण गर्ने गाडीसहितको सामग्री फेला पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण