राजनीति
इन्दिरा राना मगरलाई उपसभामुख बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय
शुक्रबार, ०६ माघ २०७९, ११ : १६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी संसदीय दलको शुक्रबार बसेको बैठकले राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
यसअघि सो पार्टीबाट उपसभामुखमा सोविता गौतमको चर्चा भएपनि अन्तिम समयमा आएर पार्टीले राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राना सन् २०१७ मा बीबीसीको प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन् । उनी बन्दी सहायता नेपालकी संस्थापक अध्यक्षसमेत हुन् । २०२७ सालमा झापाको शनिश्चरे–६ मा जन्मेकी इन्दिराले समाजसेवा बापत सन् २००५ मै अशोक फेलो जितेकी थिइन्।
उनले काठमाडौंको नयाँबजारको बाल आवासगृह, साँखु र झापाको खुदुनाबारीमा पनि बालगृह सञ्चालन गर्दै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण