शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियाको एक बस्तीमा भीषण आगलागी : थुप्रै घर जले, आगो निभाउन सात हेलिकप्टर

शुक्रबार, ०६ माघ २०७९, १६ : ५८
शुक्रबार, ०६ माघ २०७९

दक्षिण कोरियाको राजधानी सियोलको एक बस्तीमा आगलागी भएपछि सयौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । गुर्योङ गाउँमा शुक्रबार बिहान भएको आगलागीमा ६० भन्दा बढी घर जलेर नष्ट भएका छन् । अहिलेसम्म कसैको मृत्यु वा घाइते भएको खबर आएको छैन ।

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार यस क्षेत्रका घरहरू एक अर्कासँग जोडिएका छन् ।  आगो निभाउन ९ सय दमकलकर्मी र सात हेलिकप्टरको सहयोग लिइएको थियो ।

south korea1प्रभावित क्षेत्रका एक ७२ वर्षीय बासिन्दाले रोयटर्स समाचार एजेन्सीलाई भने, ‘ढोका खोल्ने बित्तिकै मैले आगो निस्किरहेको देखेँ ।’

‘मलाई लाग्यो कि यो गम्भीर दुर्घटना हो र म एक्लै भाग्नु हुँदैन । त्यसैले मैले मानिसहरूको ढोका ढकढकाउन थालेँ र कराउन थालेँ । त्यसपछि मानिसहरू बाहिर आए र कराउन थाले । ’

आगलागीको कारण खुल्न नसकेको भएपनि यो क्षेत्र आगलागी र बाढीको जोखिममा रहेको मानिन्छ ।

south korea2यहाँका घरहरू कार्डबोर्ड र काठले बनेका छन् । कोरिया टाइम्सका अनुसार गुर्योङ गाउँमा सन् २००९ यता १६ पटक आगो लागेको छ ।

पुनर्विकास योजनाका कारण विस्थापितहरूलाई सन् १९८० को दशकमा यहाँ पुनर्वास गरिएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप