दक्षिण कोरियाको एक बस्तीमा भीषण आगलागी : थुप्रै घर जले, आगो निभाउन सात हेलिकप्टर
दक्षिण कोरियाको राजधानी सियोलको एक बस्तीमा आगलागी भएपछि सयौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । गुर्योङ गाउँमा शुक्रबार बिहान भएको आगलागीमा ६० भन्दा बढी घर जलेर नष्ट भएका छन् । अहिलेसम्म कसैको मृत्यु वा घाइते भएको खबर आएको छैन ।
दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार यस क्षेत्रका घरहरू एक अर्कासँग जोडिएका छन् । आगो निभाउन ९ सय दमकलकर्मी र सात हेलिकप्टरको सहयोग लिइएको थियो ।
प्रभावित क्षेत्रका एक ७२ वर्षीय बासिन्दाले रोयटर्स समाचार एजेन्सीलाई भने, ‘ढोका खोल्ने बित्तिकै मैले आगो निस्किरहेको देखेँ ।’
‘मलाई लाग्यो कि यो गम्भीर दुर्घटना हो र म एक्लै भाग्नु हुँदैन । त्यसैले मैले मानिसहरूको ढोका ढकढकाउन थालेँ र कराउन थालेँ । त्यसपछि मानिसहरू बाहिर आए र कराउन थाले । ’
VIDEO: Around 500 people were forced to flee their homes after a fire broke out in a slum made of unlicensed dwellings located in Seoul's wealthy Gangnam district. One of South Korea's last remaining slums, Guryong village contains mostly structures made from vinyl plywood panels pic.twitter.com/3kySjlOpGm
— AFP News Agency (@AFP) January 20, 2023
आगलागीको कारण खुल्न नसकेको भएपनि यो क्षेत्र आगलागी र बाढीको जोखिममा रहेको मानिन्छ ।
यहाँका घरहरू कार्डबोर्ड र काठले बनेका छन् । कोरिया टाइम्सका अनुसार गुर्योङ गाउँमा सन् २००९ यता १६ पटक आगो लागेको छ ।
पुनर्विकास योजनाका कारण विस्थापितहरूलाई सन् १९८० को दशकमा यहाँ पुनर्वास गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण