भारतसँग नेपालले माग्यो थप हवाई मार्ग
शुक्रबार, ०६ माघ २०७९, १७ : ३१
१

काठमाडौँ । नेपालले भारतसँग थप हवाई मार्ग उपलव्ध गराउन आग्रह गरेको छ । शुक्रबार नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग भएको भेटघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सो आग्रह गरेका हुन् । भेटवार्तामा सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेकोले थप हवाई प्रवेश मार्गका लागि अनुरोध गरिएको मन्त्री किरातीले जानकारी दिएका छन् । यो विषयमा राजदूत श्रीवास्तव सकारात्मक रहेको मन्त्री किरातीले बताए ।
उनले भने, ‘सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेको छ । त्यसैले थप हवाई प्रवेश मार्गका लागि अनुरोध महामहिम समक्ष गरियो । महामहिम श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सरकार सधैं सकारात्मक हुने बताउनुभयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सिद्धार्थ बैंकद्वारा २० थान कम्प्युटरसहित बहुउद्देश्यीय हल निर्माणमा सहयोग
-
स्वदेशमा हुने विदेशी फिल्मकाे छायाङ्कनमा ६५ प्रतिशत नेपाली प्राविधिक अनिवार्य
-
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक विधिसम्मत ढङ्गबाट नै अघि बढ्छ : सभामुख घिमिरे
-
नेपालमा खोजी भइरहेका अमृतपाल पञ्जाबमा देखिए, गर्लान् त आत्मसमर्पण ?
-
आजदेखि रोयल इनफिल्डको एक्सचेन्ज मेला
-
शिवचन्द्र कुशवाहा माओवादी छाडेर जनमतमा प्रवेश, बारा–२ का लागि उम्मेदवारी घोषणा