पशुपतिको जंगलमा मृत भेटिएका युवक फर्निचर व्यवसायी
काठमाडौं । पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा मृत भेटिएका युवकको सनाखत भएको छ । पुस ३० मा करिब २५ वर्षका पुरुषको शव भेटिएको थियो ।
सो शव भक्तपुर घर भएका सुजन शिल्पाकारको रहेको पुष्टि भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।
पशुपति मन्दिरको जंगलमा किरातेश्वर मन्दिर तल शरीर जलेको अवस्थामा शव भेटिएको थियो । शव नजिकै बोतलमा पेट्रोल भेटिएको थियो ।
शिल्पकार फर्निचर व्यवसायी हुन् । उनी रेडिमेड ढोका व्यापार गर्दै आएका थिए । शुक्रवार दिउँसो ४ बजेतिर पसल बन्द गरेर उनी पशुपति तिर लागेका थिए । घरमा स्कुटर छाडेर निस्केका उनलाई परिवारले साँझ ६ बजेतिर फोन गरेर घर फर्किन आग्रह गरेका थिए । तर, ‘पछि आउँछु’ भनेका शिल्पकार कहिल्यै नफर्किने गरी संसारबाट बिदा भएका छन् ।
सिसिटिभी क्यामेरामा राति मृतक एक्लै जंगलतर्फ लागेको देखिएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढाउने प्रहरी वृत्त गौशालाका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण