शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पशुपतिको जंगलमा मृत भेटिएका युवक फर्निचर व्यवसायी

शुक्रबार, ०६ माघ २०७९, १७ : ५४
शुक्रबार, ०६ माघ २०७९

काठमाडौं । पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा मृत भेटिएका युवकको सनाखत भएको छ । पुस ३० मा करिब २५ वर्षका पुरुषको शव भेटिएको थियो । 

सो शव भक्तपुर घर भएका सुजन शिल्पाकारको रहेको पुष्टि भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

पशुपति मन्दिरको जंगलमा किरातेश्वर मन्दिर तल शरीर जलेको अवस्थामा शव भेटिएको थियो । शव नजिकै बोतलमा पेट्रोल भेटिएको थियो ।

 शिल्पकार फर्निचर व्यवसायी हुन् । उनी रेडिमेड ढोका व्यापार गर्दै आएका थिए । शुक्रवार दिउँसो ४ बजेतिर पसल बन्द गरेर उनी पशुपति तिर लागेका थिए । घरमा स्कुटर छाडेर निस्केका उनलाई परिवारले साँझ ६ बजेतिर फोन गरेर घर फर्किन आग्रह गरेका थिए । तर, ‘पछि आउँछु’ भनेका शिल्पकार कहिल्यै नफर्किने गरी संसारबाट बिदा भएका छन् ।

सिसिटिभी क्यामेरामा राति मृतक एक्लै जंगलतर्फ लागेको देखिएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढाउने प्रहरी वृत्त गौशालाका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप