शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सांगीतिक उत्सवसहित भारतको स्वतन्त्रताको ७५ औँ वर्षगाँठ मनाइयो

शनिबार, ०७ माघ २०७९, ११ : ४६
शनिबार, ०७ माघ २०७९

काठमाडौँ । भारत स्वतन्त्रताको ७५ वर्ष र भारत र नेपालबीचको कूटनीतिक सम्बन्धको ७५ वर्ष मनाउन काठमाडौँस्थित भारतीय राजदूतावासले शुक्रबार साँझ ‘सङ्गीत सुकुन’ नामक एक साङ्गीतिक कार्यक्रमको आयोजना गरेको छ । भारतीय साङ्गीतिक समूह कर्नाटिक २.० र नेपाली साङ्गीतिक समूह कुटुम्बले उक्त कन्सर्टमा आफ्नो साङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा भारतको ७४ औं गणतन्त्र दिवस पनि मनाइएको थियो ।

उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई, वरिष्ठ नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोको उपस्थिति रहेको थियो । कार्यक्रममा परराष्ट्रमन्त्री श्रीमती विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी तथा नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माको समेत उपस्थिति रहेको थियो । 

Fm7ljyDaUAAsppv-001

सो कार्यक्रममा कर्नाटिक २.० साङ्गीतिक समूहले परम्परागत कर्नाटक राग र पुराना बलिउड गीतलाई आधुनिक शैलीमा प्रस्तुत गरेको थियो । त्यस्तै नेपाली साङ्गीतिक समूह कुटुम्बले नेपाली मौलिक सङ्गीत प्रस्तुत गरेको थियो । दुई साङ्गीतिक समूहले “तालको पानी माछीले खानी...” बोलको नेपाली लोक गीत पनि एक साथ प्रस्तुत गर्दा उपस्थित दर्शकहरु झुम्न बाध्य बनेका थिए । कर्नाटिक २.० ले भोलि शनिबार पाटन दरबार स्क्वायरमा साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ । 

Fm7mAFkaMAYtVxy-001Fm7mYqkaEAchyGi-001Fm7mBJMakAABlLX-001

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप