बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता हो : गभर्नर अधिकारी

शनिबार, ०७ माघ २०७९, १५ : ४५
शनिबार, ०७ माघ २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताएका छन् । शनिवार कृषि विकास बैंकको ५६ औं वार्षिक साधरण सभामा बोल्दै गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै संगठित रुपमा बैंकबाट लिएको कर्जा तिर्नुपदैन भन्नु अराजकताको माथिल्लो रुप भएको बताएका हुन् । उनले बैंकबाट कर्जा लिएर बैंकको कर्जा वा ब्याज नतिर्ने भन्दै संगठनको नाममा समूह बनाएर सडकमा उफ्रिएर नतिर्ने भनि संगठित रुपमा दबाब दिन नमिल्ने बताए ।

गभर्नरअधिकारीले पछिल्लो समय बैंक तथा समग्र वित्तीय प्रणालीमा नै यस्ता नयाँ किसिमका चुनौतिहरु देखिएको बताए । उनले बैंकको कर्जा सार्वजनिकसम्पति, सर्वसाधरणको निक्षेप भएको बताए । उनले वाणिज्य बैंकहरुकोअधिकांश कर्जा सर्वसाधरणको निक्षेप भएको भन्दै कर्जा नतिर्दा समग्र वित्तीयक्षेत्रको विश्वसनियता तथा वित्तीय स्थायित्वमा समस्या आउने बताए ।

उनले व्यवसायी वा उद्यमीले लिएको कर्जा निश्चित समयभित्र तिर्ने स्वीकारगरेर लिएकाले कर्जा नतिर्नु वित्तीय अपराध हुने दाबी गरे । गभर्नरअधिकारीले यस्ता अराजक कुरालाई कसैले पनि प्रश्रय दिन नहुने भन्दै राष्ट्रबैंक यो विषयमा शतर्क र सजग रहेको उल्लेख गरे । उनले यस्ताचुनौतिहरुले समग्र बैंकिङ प्रणाली,अर्थतन्त्रमा ठूलो असन्तुलन र व्यथितिल्याउने बताउनु भयो । उहाँले ऋण लिएर तिर्नुपर्दैन भनेर कहीँ कतै विकसितभयो भने बैंकिङ प्रणाली र अर्थतन्त्र कहाँ जान्छ ? भन्दै प्रश्न गरे ।

उनले राष्ट्र बैंक यो विषयमा सचेत र शतर्क रहेको भन्दै यस्ता अभियान रसंर्घष लामो समय नटिक्ने बताए ।उनले भने– ‘पछिल्लो समय बैंकहरुमा धेरै चुनौतीहरु छन् । समग्रवित्तीय प्रणालीमा नयाँ किसिमका चुनौतिहरु देखिएका छन् । बैंकहरुबाट ऋणलिने तर त्यो ऋण तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने भनि सङ्गठन गरीसंगठित रुपमा बैंकबाट लिएको ऋण तिर्नुपदैन भन्ने खालका कुराहरु बजारमा आउन थालेका छन् । जुन कुरा एउटा अराजकताको पनि अत्यन्तै माथिल्लो रुप हो ।बैंकको ऋण भनेको सार्वजनिक सम्पती हो । सर्वसाधरणको निक्षेप हो । त्योफाइक्रोफाइनान्स वा वाणिज्य बैंकको होस् । वाणिज्य बैंकहरुको अधिकांश कर्जासर्वसाधरणको निक्षेप हो । समग्र वित्तीय क्षेत्रको विश्वानियता तथा वित्तीयस्थायीत्वको विषयसँग जोडिएको विषय छ । हामीले हल्लाका रुपले हेर्न मिल्दैन। महिले कुनै बैंकबाट ऋण लिन्छु । म ऋण वा ऋणको ब्याज तिर्दिन भनेर उभिन मिल्छ ? ऋण स्वीकार गरेर लिएको हो ।

यस्ता अराजक कुराहरुलाई कसैले पनि प्रश्रय दिनु हुँदैन । यस्ता कुरा वित्तीय अपराध हो । हामी यसमा सजक शतर्क छौं । त्यस्ता कुराहरु हुने वाला छैनन् । यस्ता कुराहरुले समग्र बैंकिङ प्रणाली, अर्थतन्त्रमा ठूलो असन्तुलन ल्याउँछ । ठूलो व्यथिति ल्याउँछ । ऋण लिएर तिर्नु पदैन भनेर कही कतै विकसित भयो भने बैंकिङ प्रणाली र अर्थतन्त्र कहाँ जान्छ । नेपाल राष्ट्र बैंक यो विषयमा सचेत र शतर्क छ । विभिन्नअभियान र संर्घषको कारणले वित्तीयप्रणालीलाई असर पर्ला भन्ने लागेको छ भनेत्यो छोटो अवधिको हुनेछ । यस्ता कुराले थप प्रश्रय पाउनुहुँदैन ।’

त्यस्तै गभर्नर अधिकारीले बैंकहरुलाई अहिलको आधुनिक युक्त उपभोक्ताहरुकोआवश्यकता पूर्ति गर्नुपर्ने चुनौति रहेको बताए  । उनले २०४५ सालमासिमित बैंक हुँदा चेक साट्न जाँदा पासबुक बोकेर जानुपर्ने अवस्थाबाट अहिलेडिटिल आधुनिक प्रविधिमा आइपुगेको बताए । उनले बैंकहरुले अहिलेकोआधुनिक प्रविधिमा कहाँ छन् आफैले मूल्याङकन गर्नु आवश्यक रहेको बताए । उनले पछिल्लो समय क्युआरबाट मात्रै ५१ लाख कारोबारमा १९ अर्बको कारोबारहुने गरेको बताए । गभर्नर अधिकारीले २५ अर्बको कारोबारक्नेटआइपीएसबाट मात्रै भइरहेको बताए । उनले नेपाली समाज अहिले त्योप्रविधिमैत्री बनिसकेको भन्दै बैंकहरुको चुनौति प्रविधिमैत्री नभइ उपायनभएको बताए । उनले बैंकहरुले डिम्याट,मेरो शेयरमा मात्रै सिमितरहेर नहुने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप