भारतीय नक्कली नोटको कारोबार गरेको आशङ्कामा जिफन्टका सचिव पक्राउ
आइतबार, ०८ माघ २०७९, ०९ : ०२
काठमाडौँ । ट्रेड युनियन महासङ्घ जिफन्टका सचिव तारानिधी पन्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्रमा भारतीय नक्कली रुपैयाँ किन्न खोजेको अवस्थामा रमेश भनेर चिनिने तारानिधी पक्राउ परेका हुन् ।
प्रहरीले पन्त समूहको साथबाट नेपाली १० लाख रुपैयाँ बरामद गरेको छ । कारोबारीहरूले नेपाली १० लाख रुपैयाँमा भारतीय १ करोड किनेर कारोबार गर्ने गरेका थिए । जेब्रा झोलामा पैसा बोकेर गएको अवस्थामा रमेश पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाबारे अनुसन्धान गरिरहेको मधेस प्रदेशका डिआइजी वसन्त कुँवरले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण