नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, एक्सेल डेभलपमेन्ट बैंकको तेस्रो महाधिवेशन सम्पन्न
नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । बिर्तामोडको आदर्श ब्यांक्वेटमा भएको कार्यक्रममासंघका पदाधिकारीहरू सर्वसम्मत चयन भएका छन् ।
नयाँ कार्यसमितिमा अध्यक्ष गोपाल लोहनी चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा भागवत ढुङ्गाना, उपाध्यक्ष द्वय नवीन सङ्ग्रौला तथा यामनाथ पौड्याल, महासचिवमा राज शंकर झा चयन भएका छन् । त्यस्तै उप–महासचिव पदमा राजन ढकाल, कोषध्यक्षमा गजेन्द्र ढकाल तथा सदस्यहरु निशा ओली आचार्य, नीरज ढुङ्गाना, चन्दना भण्डारी तथा तेजप्रकाश न्यौपाने चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला समिति झापका अध्यक्ष यज्ञ प्रताप अधिकारी, विशिष्ट अतिथि नेपाल वित्तीय संस्था कर्मचारी संघका प्रदेश १ का अध्यक्ष राम भट्टराई, विशिष्ट अतिथि बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्र कुमार कट्टेल, नेपाल वित्तीय संस्था कर्मचारी संघका जिल्ला अध्यक्ष भवानी प्रसाईं, नेपाल वित्तीय संस्था कर्मचारी संघका पूर्व केन्द्रीय सदस्य होम कार्की, संघका संस्थापक अध्यक्ष मीन बहादुर कार्की, पूर्व अध्यक्ष गोपाल लोहनी, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, एन आइसी एसिया बैंकका पूर्व केन्द्रीय उपाध्यक्ष राम पौडेल लगायतको उपस्थिति रहेको थियो भने बैंकका उच्च पदस्थ अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।
वि.सं. २०६८ मा स्थापित यस सङ्घले विगत ११ वर्षदेखि बैंकको सुदृढीकरण तथा कर्मचारी हकहितका लागि काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक
-
क्यानडाको उत्कृष्ट पुनरागमन: रोमाञ्चक बराबरीमा क्यानडा र बोस्निया
-
६ मिनेटको इन्जुरी समय थप, क्यानडा र बोस्निया निर्णायक गोलको खोजीमा
-
मैदान छिरेको तीन मिनेटमै साइले लारिनको गोल, क्यानडा र बोस्निया १–१ को बराबरीमा
-
इप्पानको नयाँ कार्यसमिति चयनः कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्विरोध निर्वाचित
-
पहिलो हाफको समाप्तिमा बोस्निया–हर्जगोभिना १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण