पर्यटनमन्त्रीले मन्त्रालयमा राखेको सहयोग पेटिकामा भयो ३ लाख रुपैयाँ जम्मा
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले मन्त्रालयमा राखेको सहयोग पेटिकामा ३ लाख रुपैयाँ जम्मा भएको छ ।
मन्त्री किरातीले आफूले मन्त्रीको पदभार ग्रहणकै दिन खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा गर्दै त्यसको साटो सहयोग रकम संकलन गरी दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने घोषणा गरेका थिए ।
सो घोषणा अनुसार मन्त्रालयमा राखिएको सहयोग पेटीकामा हालसम्म ३ लाख रुपैयाँ संकलन भइसकेको किरातीले बताए ।
‘खादा माला नलगाउने र त्यस बरारबरको नगद संकलन गरी दुर्गम क्षेत्रको शिक्षा क्षेत्रलाई सहयोग गर्ने घोषणा गरेको थिएँ । त्यसअनुरुप आजसम्म ३ लाख रकम संकलन भइसकेको छ’ उनले भने, ‘एक जना मन्त्रीले खादा माला नलगाउँदा मात्रै यसरी रकम संकलन हुन्छ भने खादा र मालाको नाममा मन्त्री तथा देशभरका हजारौं जनप्रतिनिधिहरुले कति अर्बको खादा माला लगाइदोरहेछ त ?’
मन्त्री किरातीले आफूले सम्हालेको मन्त्रालय आम नागरिकको रहेको बताउँदै देशको सापेक्षताअनुसार मन्त्रालयलाई संचालन गर्न सुझाव समेत मागेका थिए । मन्त्री किरातीले सुझाव र जनगुनासो संकलनका लागि ‘ई–हुलाक सेवा’ नामक फेसबुक पेज संचालनमा ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण