जिफन्टका सचिवसहित ६ जनाविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी मुद्दामा अनुसन्धान
काठमाडौं । ट्रेड युनियन महासंघ (जिफन्ट)का सचिव तारानिधी पन्त माघ ४ मा सर्लाहीबाट पक्राउ परे । रमेश भनेर चिनिने तारानिधीसहित काभ्रेको पाँचखाल घर भएका ३४ वर्षीय श्रवण त्रिपाठी पनि पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले १० लाख ३३ हजार नेपाली रुपैयाँ बरामद गरेको छ ।
सर्लाही र भारतको सीमा नाकामा लगातार लाखौं रुपैयाँ लिएर काठमाडौंबाट मानिसहरु ओहोर दोहोर गरेको सुराक प्रहरीलाई थियो । गोडैता नगरपालिकाको बोर्डर इलाका यस्तो कारोबार हुने गरेको सूचना आफूले पाएको बताउँछन् सर्लाहीका एसपी नरेश सुवेदी ।
रमेश र श्रवणअघि पुस २९ मा थप ४ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका बस्ने ३२ वर्षीय प्रह्लाद चापागाईँ, २७ वर्षीय सनम बस्नेत, ३६ वर्षीय शिव चापागाईँ र ४८ वर्षका कृष्ण दाहाल छन् । ४ जनाको साथबाट १० लाख ४५ हजार नेपाली रुपैयाँ बरामद गरिएको सर्लाहीका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
रमेशको समूहले नेपाल भारत सीमा क्षेत्रमा भारतीय नक्कली रुपैयाँ किन्न खोजेको आरोप छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार नेपाली १० लाख रुपैयाँमा भारतीय १ करोड किनेर कारोबार हुने गरेको छ । नेपाली र भारु किनबेच गर्न जेब्रा झोलामा पैसा बोकेर गएको अवस्थामा रमेश पक्राउ परेका हुन् ।
पक्राउ परेका अधिकांश गोडैता नगरपालिकाबाट पक्राउ परेका हुन् । उनीहरूविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन–२०७३ को दफा १०३ अनुसारको कसुरमा अनुसन्धान भइरहेको एसपी सुवेदीले बताए । उनले भने,‘कुन प्रयोजनका लागी सो पैसा ल्याएको हो भन्नेबारे अनुसन्धान गरिरहेका छौं ।’
जम्कट्टेलाई खुकुरी हानेका थिए
रमेश पन्तको विगत पनि आपराधिक छ । उनले २०६८ भदौ १० मा काठमाडौंको बबरमहलमा अखिल नेपाल ट्रेड युनियन महासंघका तत्कालीन अध्यक्ष शालिकराम जम्कट्टेलमाथि खुकुरी प्रहार गरेका थिए । जम्कट्टेल अहिले बागमती प्रदेशको मुख्यमन्त्री छन् ।
त्यतिवेला होटल मजदुर युनियन संघको अध्यक्ष रहेका पन्तलाई पार्टीले निलम्बन गरेको थियो । पछिल्लो समय नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले उनलाई एमालेमा प्रवेश गराएर जिफन्टको सचिव बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण