धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक
सोमबार, ०९ माघ २०७९, ०९ : ५८

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी रहेको छ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको कांग्रेसले संसद्मा प्रमुख प्रतिपक्षी दलको हैसियत माग गरेको छ । यस विषयमा ठुलो बहस सिर्जना भएको छ । विश्वासको मत दिएसँगै कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियत गुमाएको एक पक्षको तर्क रहेको छ । उता शेखर कोइराला पक्षले प्रचण्डलाई विश्वासको मत दिनु गल्ती भएको निष्कर्ष निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास
-
आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन अमेरिका र चीन सहमत
-
जब तमिल सुपरस्टार स्टेजमै बेहोस भए...
-
भारत–पाकिस्तान हात हालाहालको स्थिति नआओस् भनेर हामीले पनि भन्यौँ : प्रधानमन्त्री ओली
-
४० वर्षदेखि टर्कीमा जारी सशस्त्र संघर्ष अन्त्य गर्ने पीकेकेको घोषणा
-
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन