नेप्सेमा १३ अंकको गिरावट, ३ अर्ब ८६ करोडको कारोबार
काठमाडौँ । आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १३.७१ अंकको गिरावट आएको छ । कारोबार समयमा केही अंकले बढेको नेप्से परिसूचक अन्तिम समयमा दोहोरो अंकले घटेर बन्द भएको हो ।
०.६३ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २१ सय ६५ अंकमा आइपुुगेको छ । यसक्रममा आज १६६ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ४१ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहमध्ये २ वटा समूहमा मात्रै सुधार आएको छ । बैंक समूह १५.१६ अंकले र म्यूचुुअल फण्ड समूह ०.१० अंकले बढ्नुुबाहेक अन्य कुनै समूहमा सुधार देखिएन । आज विकास बैंक समूह ९१ अंकले घट्दा होटल र टुरिजम समूह ७९ अंकले घटेको छ । यस्तै, जीवन बीमा समूह ८७ अंकले र उत्पादनमूलक समूह ७२ अंकले घटेको छ ।
यस्तै, निर्जीवन बीमा समूह १२३ अंकले घटेको छ भने अन्य समूह २३ अंकले घट्दा व्यापार समूहमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक घटे पनि आज ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यस्तै, हिमालयन हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । आज कुमारी बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यस बैंकको सेयर २७ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण