शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा १३ अंकको गिरावट, ३ अर्ब ८६ करोडको कारोबार

सोमबार, ०९ माघ २०७९, १५ : ४०
सोमबार, ०९ माघ २०७९

काठमाडौँ । आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १३.७१ अंकको गिरावट आएको छ । कारोबार समयमा केही अंकले बढेको नेप्से परिसूचक अन्तिम समयमा दोहोरो अंकले घटेर बन्द भएको हो ।

०.६३ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २१ सय ६५ अंकमा आइपुुगेको छ । यसक्रममा आज १६६ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ४१ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहमध्ये २ वटा समूहमा मात्रै सुधार आएको छ । बैंक समूह १५.१६ अंकले र म्यूचुुअल फण्ड समूह ०.१० अंकले बढ्नुुबाहेक अन्य कुनै समूहमा सुधार देखिएन । आज विकास बैंक समूह ९१ अंकले घट्दा होटल र टुरिजम समूह ७९ अंकले घटेको छ । यस्तै, जीवन बीमा समूह ८७ अंकले र उत्पादनमूलक समूह ७२ अंकले घटेको छ ।

यस्तै, निर्जीवन बीमा समूह १२३ अंकले घटेको छ भने अन्य समूह २३ अंकले घट्दा व्यापार समूहमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक घटे पनि आज ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यस्तै, हिमालयन हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । आज कुमारी बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यस बैंकको सेयर २७ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप