छोरीको विवाहमा जीवन बीमा उपहार !
सोमबार, ०९ माघ २०७९, १८ : ०७
काठमाडौं । धरान –१५, सुनसरी निवासी कमला राईले आफ्नो छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिएकी छन् ।
यही माघ ६ गते भएको विवाहमा कमला राईले आफ्नो छोरी रुबिना राई र ज्वाइँ सञ्जित लिम्बुलाई वैवाहिक जीवनको शुभकामना प्रदान गर्दै प्रभु लाइफ इन्स्योरेन्सको उक्त जीवन बीमा योजना उपहार दिएकी हुन् ।
आफ्नो छोरीको विवाहका अवसरमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको कमला राईले बताइन् । जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गरिन् ।
कमला राई प्रभु लाइफ इन्स्योरेन्सको धरान शाखा अन्तर्गत बीमा अभिकर्ता वरिष्ठ एजेन्सी म्यानेजर समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण