कलाकारलाई राष्ट्रपति भण्डारीले के भनिन् ?
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फिल्म क्षेत्रले बालविवाह, बहुविवाह, छुवाछूत लगायतका समाजमा विद्यमान बदल्नुपर्ने प्रथालाई परिवर्तन गर्न योगदान दिनुपर्ने बताएकी छन् । फिल्मले रोजगारी सिर्जनादेखि राष्ट्रिय अर्थतन्त्रमा समेत महत्त्वपूर्ण भूमिका खेलेको बताएकी उनको फिल्मलाई राष्ट्रिय उद्योगको रूपमा विस्तार गर्नुपर्ने धारणा रहेको थियो ।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कलाकारसँगको अन्तर्क्रिया कार्यक्रममा राष्ट्रपति भण्डारीले कलाकारको समस्या र गुनासो समेत चासो दिएर सुनेकी थिइन् । नेपाली फिल्म र संगीत क्षेत्रका अग्रणी कलाकार सहभागी कार्यक्रममा उनले नेपाली चलचित्रलाई स्वस्थ मनोरञ्जन प्रदान गर्ने क्षेत्रको रूपमा स्थापना गर्न सुझाव समेत कलाकारलाई दिइन् । ‘नेपाली फिल्म अन्य भाषामा डबिङ भएर छिमेकी मुलुकमा समेत प्रदर्शन हुन लागेको आफूलाई खुसी लागेको छ’ उनले भनिन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिहर शर्मा, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, उपाध्यक्ष मोहन निरौला, कृष्ण मल्ल, गोपाल कायस्था, करिस्मा मानन्धर, शिव श्रेष्ठ, उत्तम केसी, डा. भोला रिजाल, दीपक श्रेष्ठ लगायत करिब सयबढी कलाकारको कार्यक्रममा उपस्थिति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण