शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चीनमा शीतलहरको चेतावनी

सोमबार, ०९ माघ २०७९, २१ : २३
सोमबार, ०९ माघ २०७९

बेइजिङ । चीनको मौसम विज्ञान प्राधिकरणले सोमबार देशका अधिकांश मध्य र पूर्वी क्षेत्रहरूमा तापक्रम घट्ने र आँधी आउने पूर्वानुमान गर्दै  सम्भावित शीतलहर आउनसक्ने चेतावनी जारी गरेको छ। राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार सोमबार बिहानदेखि बुधबार बिहानसम्म, उत्तरपूर्वी चीनका केही भागहरू, याङ्त्जे नदीको दक्षिणी क्षेत्रहरू र दक्षिण चीनको तापक्रम १२ देखि १४ डिग्री सेल्सियससम्म झर्ने अनुमान गरिएको छ।

जिलिनका केही भागहरूमा तापमान १६ डिग्री सेल्सियसभन्दा बढीले घट्न सक्ने पनि अनुमान गरिएको छ । केन्द्रले शीतलहरले कृषिमा पर्ने असरबारे सचेत गराउँदै तापक्रम परिवर्तन र हावा–हुरीबाट सावधानी अपनाउन सर्वसाधारणलाई सुझाव दिएको छ । चीनले चार थरिको रङ्ग–कोड गरिएको मौसम चेतावनी प्रणाली प्रयोग गर्ने गरेको छ ।  रातोले सबैभन्दा गम्भीर मौसमको प्रतिनिधित्व गर्दछ र त्यसपछि  क्रमशः सुन्तला, पहेंलो र नीलो रङले।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप