चीनमा शीतलहरको चेतावनी
बेइजिङ । चीनको मौसम विज्ञान प्राधिकरणले सोमबार देशका अधिकांश मध्य र पूर्वी क्षेत्रहरूमा तापक्रम घट्ने र आँधी आउने पूर्वानुमान गर्दै सम्भावित शीतलहर आउनसक्ने चेतावनी जारी गरेको छ। राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार सोमबार बिहानदेखि बुधबार बिहानसम्म, उत्तरपूर्वी चीनका केही भागहरू, याङ्त्जे नदीको दक्षिणी क्षेत्रहरू र दक्षिण चीनको तापक्रम १२ देखि १४ डिग्री सेल्सियससम्म झर्ने अनुमान गरिएको छ।
जिलिनका केही भागहरूमा तापमान १६ डिग्री सेल्सियसभन्दा बढीले घट्न सक्ने पनि अनुमान गरिएको छ । केन्द्रले शीतलहरले कृषिमा पर्ने असरबारे सचेत गराउँदै तापक्रम परिवर्तन र हावा–हुरीबाट सावधानी अपनाउन सर्वसाधारणलाई सुझाव दिएको छ । चीनले चार थरिको रङ्ग–कोड गरिएको मौसम चेतावनी प्रणाली प्रयोग गर्ने गरेको छ । रातोले सबैभन्दा गम्भीर मौसमको प्रतिनिधित्व गर्दछ र त्यसपछि क्रमशः सुन्तला, पहेंलो र नीलो रङले।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण