विवाह बन्धनमा बाँधिए आथिया र राहुल
मङ्गलबार, १० माघ २०७९, ०९ : १८

मुम्बई । अभिनेत्री आथिया शेट्टी र क्रिकेटर केएल राहुल विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले सोमबार सुनिल शेट्टीको खन्डाला घरमा विवाह गरेका हुन् । विवाहमा कलाकार र खेल गतका व्यक्तिहरूको उपस्थिति थियो ।
आथियाले आफ्नो इन्स्टाग्राममा विवाहको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । जसमा दुवैले एकअर्काेको हात समाएर फेरो लगाएको देख्न सकिन्छ । तस्बिरका साथ उनले राहुलको उज्यालोमा माया गर्न सिकेको समेत बताएकी छन् ।
‘आज हामीले हाम्रा प्रियजनको उपस्थितिमा त्यो घरमा विवाह गरेका छौ । जसले हामीलाई अपार खुसी र शान्ति दिएको छ’, उनले अगाडि लेखेकी छन् ‘हामी हृदयदेखि यो नयाँ यात्राको लागि तपाईको आशीर्वाद चाहन्छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् अन्तुडाँडाको सौन्दर्यता
-
चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन
-
बिरामी भएपछि २४ वर्षीया युवतीले अचानक अंग्रेजी बोल्नै बिर्सिइन्
-
‘आ बाट आमा’मा मुख्य भूमिकामा देखिँदै अभिनेत्री बिपना
-
सोलार फ्लेयरको खतरा : जीपीएसमा अवरोधदेखि ब्ल्याकआउटसम्म हुनसक्ने नासाको चेतावनी
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य