बंगलादेशमा एक महिनापछि राष्ट्रपति निर्वाचन हुने
मङ्गलबार, १० माघ २०७९, १० : १४
ढाका । बंगलादेशमा आगामी फेब्रुअरीमा राष्ट्रपति निर्वाचन हुने भएको छ । निर्वाचन आयोगका सचिव मोहम्मद जहाँगिर आलमले आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने जानकारी दिए ।
वर्तमान राष्ट्रपति अब्दुल हमिदको कार्यकाल २४ अप्रिलमा समाप्त हुँदै छ । हमिद अर्को कार्यकालका लागि पुनः निर्वाचित हुन नमिल्ने भएकाले नयाँ निर्वाचन हुन लागेको सचिव आलमले बताए ।
देशको संविधानले एक व्यक्तिलाई बढीमा दुई कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण