४ जना मृतावस्थामा फेला
देशका विभिन्न स्थानबाट ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्ररहीको केन्द्रीय समाचार कक्षका अनुसार नवलपरासीको कावासोती नगरपालिका-१७ अमलटारीस्थित नारायणी नदीको भंगालोमा पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी धनुषाको जनकपुर उपमहानगरपालिका-६ स्थित गिरनारी कुट्टीमा अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । मकवानपुरको कैलाश गाउँपालिका-६ पकने मराङसिङस्थित बारीमा पनि धादिङ गजुरी गाउँपालिका-४ भुमिढुङ्गा बस्ने २२ वर्षीय शंकर तामाङ मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-१ सालघारी वनमा सोही गाउँपालिका कात्तिके बस्ने ६४ वर्षीय ईक बहादुर खड्का चोट लागी मृत्यु भएको अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण