शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

४ जना मृतावस्थामा फेला

मङ्गलबार, १० माघ २०७९, १२ : २८
मङ्गलबार, १० माघ २०७९

देशका विभिन्न स्थानबाट ४ जना मृतावस्थामा फेला  परेका छन् । नेपाल प्ररहीको केन्द्रीय समाचार कक्षका अनुसार  नवलपरासीको कावासोती नगरपालिका-१७ अमलटारीस्थित नारायणी नदीको भंगालोमा पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।  
यसैगरी धनुषाको जनकपुर उपमहानगरपालिका-६ स्थित गिरनारी कुट्टीमा अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।     मकवानपुरको  कैलाश गाउँपालिका-६ पकने मराङसिङस्थित बारीमा पनि धादिङ गजुरी गाउँपालिका-४ भुमिढुङ्गा बस्ने २२ वर्षीय शंकर तामाङ मृत अवस्थामा फेला परेका छन् ।  
    
यसैगरी सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-१ सालघारी वनमा सोही गाउँपालिका कात्तिके बस्ने ६४ वर्षीय ईक बहादुर खड्का चोट लागी मृत्यु भएको अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप