मन्त्रालय दिने भाका नाघ्यो, अब के गर्लान् सीके राउत ?
काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीलाई दिइने मन्त्रालयको बारेमा अझै टुंगो लाग्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीका अध्यक्ष राउतको पार्टीले पाउने मन्त्रालयबारे सोमबारसम्म टुंगो लगाउने बचन दिएका थिए ।
तर आज मंगलबारसम्म मन्त्रालयको टुंगो लाग्न नसकेको हो । सत्ता साझेदार दलमा मन्त्रालय भागबण्डामा जनमत पार्टीलाई खानेपानी मन्त्रालय परेको छ । तर, सुरुमा भएको उद्योग मन्त्रालय दिने सहमति उलंघन भएकाले त्यसलाई अस्वीकार गर्ने जनमत पार्टीले बताउँदै आएको छ ।
जनमत पार्टीले उद्योग मन्त्रालय नदिने हो भने खानेपानीसँगै थप एउटा मन्त्रालय दिनुपर्ने माग गर्दै आएको छ । जसअनुसार प्रधानमन्त्री प्रचण्ड वन मन्त्रालय दिन सकारात्मक पनि भएका थिए । तर यहीबीचमा जसपाले पनि सरकारमा सहभागी हुने संकेत देखाएपछि प्रधानमन्त्री प्रचण्ड पर्ख र हेरको अवस्थामा छन् ।
जनमतले मागेको उद्योग मन्त्रालय हाल एमालेको भागमा परेको छ । जुन मन्त्रालय जनमतलाई दिन एमाले तयार भए आफूलाई कुनै आपत्ति नहुने प्रधानमन्त्री प्रचण्डले भनेको जनमत पार्टीका एक नेताले बताए । हाल वन तथा वातावरण मन्त्रालय एमालेले लिएर उद्योग मन्त्रालय जनमतलाई दिने गरी छलफल अगाडि बढेको बताइएको छ ।
जनमत पार्टीले मन्त्रालयको विषयमा अझै एक दुई दिन कुर्ने भनेको छ । त्यसपछि पनि सहमति नभए सरकारमा रहने वा नरहने भन्नेबारेमा पार्टीमा छलफल गर्ने उपाध्यक्ष दीपक साहले बताए । उनले भने, ‘हामीलाई सरकारमै रहनु पर्छ भन्ने केही छैन, हामीले काम गर्नका लागि राम्रो मन्त्रालय खोजेका हौं । यदि राम्रो मन्त्रालय पाएनौँ भने हामी सरकारमा रहँदैनौँ ।’ माग पुरा नभएमा सरकारमा बसिरहन कुनै बाध्यता नरहने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण