आवश्यक परे तीनवटै सरकारी बैंकहरु मर्जरमा जान तयार हुनुपर्छ : गभर्नर

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले सरकारी स्वामित्वका बैंकहरु पनि मर्जरमा जान तयार हुनुपर्ने बताएका छन् ।
सोमबार राजधानीमा आयोजित राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर अधिकारीले भने, 'राष्ट्र बैंकको पछिल्लो मर्जर नीतिले बैंकहरुको पुँजी निर्माण ठुलो काम गरेको छ । यसले बैंकहरुको संख्या मात्र घटाएको छैन, समग्र वित्तीय क्षेत्रकै सुशासन र क्षमता वृद्धिमा उल्लेखनीय काम गरेको छ ।'
मर्जर नीतिलाई थप जोड दिँदै गभर्नर अधिकारीले भने, 'बैंक तथा वित्तीय संस्थाहरुको मर्जर नीति निरन्तर प्रक्रिया हो । आवश्यक परे सरकारी स्वामित्वका तीनवटै वाणिज्य बैंकहरु पनि मर्जरका लागि तयार हुनुपर्छ' गभर्नरले भने ।
सोही अवसरमा गभर्नर अधिकारीले राष्ट्र बैंकले लिने हरेक नीति मुलुकको समग्र अर्थतन्त्रको विकास र वित्तीय व्यवस्थापनकै लागि नै हुने बताए ।
सोही अवसरमा गभर्नर अधिकारीले पछिल्लो समय मुलुकको आर्थिक स्थिति सहजातर्फ उन्मुख हुँदै गएको बताउँदै आयातमा लिइएको नियन्त्रणको नीति समेत खुकुलो गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशसँग नेपाल पराजित
-
नयाँ ग्यालेक्सी एस २३ सिरिज फोनका साथ तपाईंको प्यासनलाई अघि बढाउनुहोस् : अब नेपालमा पनि खुल्यो प्रि–अर्डर
-
अब बजेट रकमान्तर रोक्छौं : अर्थमन्त्री पौडेल
-
बजेट रकमान्तर गर्न गण्डकी सरकारद्वारा ऐन संशोधन प्रस्ताव टेबल
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका शीर्ष १० समाचार
-
छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि हुने