आवश्यक परे तीनवटै सरकारी बैंकहरु मर्जरमा जान तयार हुनुपर्छ : गभर्नर
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले सरकारी स्वामित्वका बैंकहरु पनि मर्जरमा जान तयार हुनुपर्ने बताएका छन् ।
सोमबार राजधानीमा आयोजित राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर अधिकारीले भने, 'राष्ट्र बैंकको पछिल्लो मर्जर नीतिले बैंकहरुको पुँजी निर्माण ठुलो काम गरेको छ । यसले बैंकहरुको संख्या मात्र घटाएको छैन, समग्र वित्तीय क्षेत्रकै सुशासन र क्षमता वृद्धिमा उल्लेखनीय काम गरेको छ ।'
मर्जर नीतिलाई थप जोड दिँदै गभर्नर अधिकारीले भने, 'बैंक तथा वित्तीय संस्थाहरुको मर्जर नीति निरन्तर प्रक्रिया हो । आवश्यक परे सरकारी स्वामित्वका तीनवटै वाणिज्य बैंकहरु पनि मर्जरका लागि तयार हुनुपर्छ' गभर्नरले भने ।
सोही अवसरमा गभर्नर अधिकारीले राष्ट्र बैंकले लिने हरेक नीति मुलुकको समग्र अर्थतन्त्रको विकास र वित्तीय व्यवस्थापनकै लागि नै हुने बताए ।
सोही अवसरमा गभर्नर अधिकारीले पछिल्लो समय मुलुकको आर्थिक स्थिति सहजातर्फ उन्मुख हुँदै गएको बताउँदै आयातमा लिइएको नियन्त्रणको नीति समेत खुकुलो गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण