हरिवंशले किने नयाँ गाडी
मंगलबार, १० माघ २०७९, २० : २५

काठमाडौँ । चर्चित हास्य अभिनेता हरिवंश आचार्यले नयाँ गाडी किनेका छन् । उनले मंगलबार बीवाईडी ब्राण्डको एट्टो–३ कार किनेका हुन् । ९० लाख रुपैयाँ मुल्य पर्ने एट्टो–३ बिजुली गाडी हो ।
कलाकार आचार्यले नयाँ गाडी किनेको सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् । गाडीको तस्बिरका साथ उनले लेखेका छन्, ‘आजबाट म पनि देशमै उत्पादित बिजुली गाडीमा ।’
कार्बन तटस्थ जीवन बाँच्ने घोषणा गरेका आचार्यले बिजुली गाडी चढ्दै आएका हरिवंश आचार्यले यस अगाडि स्कार्पियो गाडी चढ्दै आएका थिए । बिजुली खपत गर्नुपर्छ भन्ने सन्देश दिन आफूले बिजुली गाडी रोजेको बताए ।
आचार्यले विद्युत प्राधिकरणसँग मिलेर टेलिसिरियल ‘झिलिमिली’ पनि निर्माण गर्दैछन् । आचार्य अभिनित पछिल्लो फिल्म ‘महापुरुष’ले समेत राम्रो व्यवसाय गर्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशसँग नेपाल पराजित
-
नयाँ ग्यालेक्सी एस २३ सिरिज फोनका साथ तपाईंको प्यासनलाई अघि बढाउनुहोस् : अब नेपालमा पनि खुल्यो प्रि–अर्डर
-
अब बजेट रकमान्तर रोक्छौं : अर्थमन्त्री पौडेल
-
बजेट रकमान्तर गर्न गण्डकी सरकारद्वारा ऐन संशोधन प्रस्ताव टेबल
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका शीर्ष १० समाचार
-
छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि हुने