शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सहमति पत्र लिएरमात्रै विदेश अध्ययनमा जान आग्रह

बुधबार, ११ माघ २०७९, १२ : ०५
बुधबार, ११ माघ २०७९

काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले प्रमाणपत्र तहमा विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई परिषद्बाट सहमति लिएर जान आग्रह गरेको छ । परिषद्ले सूचना जारी गरी स्वीकृति नभएको संस्थामा नेपाल बाहिर प्रमाणपत्र तहको अध्ययन गर्न नजान विद्यार्थीलाई आग्रह गरेको हो ।

स्वीकृति नदिएको संस्थाबाट अध्ययन गरेर आउनेलाई   मान्यता नदिइने परिषद्ले स्पष्ट गरेको छ । मान्यताप्राप्त हुन नसकेका उपाधिहरू परिषद्मा दर्ता नहुने र परिषद्मा दर्ता नभई स्वास्थ्य सेवा प्रवाहमा काम गर्न नपाइने व्यवस्था परिषद् ऐनमा रहेको सूचनामा उल्लेख छ । 
मान्यता प्राप्त नभएको संस्थामा काम गर्दा श्रम, समय र लगानी खेर जाने भएको हुँदा परिषद्बाट अध्ययन सहमति लिएर मात्र जान परिषद्ले आग्रह गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप