बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

छैटौं निफको घोषणा, महोत्सवमा ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने

बुधबार, ११ माघ २०७९, १७ : २१
बुधबार, ११ माघ २०७९

काठमाडौँ । छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०)सम्म आयोजना हुने भएको छ । आयोजक नेपाल फिलम एण्ड कल्चर एकडेमीले बुधबार होटल अरन्या बुटिकमा एक समारोहका बीच महोत्सव घोषणा गरेको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसी, नीर शाह, नवराज केसी, गौरी मल्ल, दीपाश्री निरौला, निर्मल शर्मा, प्रशंसा पाण्डे, रेजीना उप्रेती, सरिता गिरी, गोविन्द गौतम लगायतको उपस्थितिमा महोत्सव घोषणा गरिएको हो ।  महोत्सवमा ५५ देशबाट आएका ५ सय बढी चलचित्रबाट ३५ देशका ९५ चलचित्र छनौट गरिएको छ । महोत्सवमा विगतमा झैं यस पटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । 

यसवर्ष निफका प्रतिस्पर्धी चलचित्र सिनेमा हलमा प्रदर्शन गरिनेछ । क्यूएफएक्ससँगको सम्झौता अनुसार काठमाडौंका छाँया सेन्टर र सिभिल मल, ललितपुरको लविङ मल र भक्तपुरको क्यूएफएक्स् हलमा फिल्म देखाइनेछ । 

कार्यक्रममा कसले के भने ?
–चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले निफ महोत्सवलाई ऐतिहासिक रुपमा चर्चा गरे । उनले संसारभरको ‘कल्चर’ आदान प्रदान गर्ने उद्धेश्यले सुरु भएको महोत्सवको निरन्तरताको कामना गरे । निफलाई सुरुदेखि नै चलचित्र विकास बोर्डले सहयोग गर्दै आएको बताएका उनले यो पटक पनि सहयोग गर्ने बताए ।

–वरिष्ठ कलाकार नीर शाहले हरेक फिल्मका नेपालमा ३ सय ६५ भन्दा बढी कार्यक्रम आयोजना हुने बताउदै सबैभन्दा सम्झना सम्झनायोग्य र लायक कार्यक्रम निफ हुने बताए । निफले क्यूएफएक्स् र माया एनिमेसन एकेडेमीलाई आफुसँग जोड्न सफल भएकोमा उनले खुसी व्यक्त गरे ।  ‘निफमा अन्तर्राष्ट्रिय गुणस्तरका फिल्म हेर्न पाईन्छ । यो सामान्य कुरा होइन । यो ‘इमेन्ट’ मात्र होइन ‘ग्रान्ड इभेन्ट’ हो । यस्तो कार्यक्रमलाई नेपाल सरकारले सहयोग गर्नुपर्छ’ उनले भने । 
–अभिनेत्री गौरी मल्लले विगतमा निफको जुरीमा रहेर काम गरेको बताउँदै निफ फेष्टिभल मात्र नभएर नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउने र विश्व वजारका उत्कृष्ट चलचित्र नेपाली कलाकर्मी र दर्शकलाई देखाउने ठूलो अवसरको रुपमा चर्चा गरिन् । 

–अभिनेत्री निर्देशक दिपाश्री निरौलाले निफ कला क्षेत्रको उर्जा भएको बताउँदै महोत्सवको सधै निरन्तरता पाउनुपर्ने धारणा राखिन् । 

-कार्यक्रममा स्याओ च्याङ (डाइरेक्टर, चाइना कल्चरल सेन्टर), नवराज केसी (न्यूयोर्क सिटीका मेयरका सल्लाहकार), निर्मल शर्मा (अभिनेता), सरिता गिरी (अभिनेत्री), प्रशंसा पाण्डे (जिएम, क्यूएफएक्स), इन्द्र बलामी (माया एनिमेसन एकेडेमी)ले निफ महोत्सवको महत्वको बिषयमा चर्चा गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप