शनिबारसम्म मौसम नखुल्ने
काठमाडौँ । आगामी शनिवारसम्म घामपनि नलाग्ने पानी पनि नपर्ने भएको छ । पश्चिमी वायूको प्रभावले बदली भएपनि पानी र हिउँ दुबै नपर्ने बताएको छ ।
गत मंगलबार बेलुकादेखि पश्चिम नेपालीदेखि भएको बदली विस्तारी पूर्वतिर सर्दै गएको जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाकी मौसमविद् प्रतीभा मानन्धरले बताइन । ‘पश्चिमी वायूको प्रभावका कारण मौसमी प्रणाली पश्चितिरबाट प्रवेश गरेर विस्तारैमध्य हुँदै पूर्वतिर सर्दै छ’ मौसमविद मानन्धरले भनिन्, ‘बादल लागेपनि वर्षा र हिउँ दुवै पर्ने सम्भावना देखिँदैन । कतिपय ठाउँमा आंशिक रुपमा छिटफुट वर्षा हुनसक्छ ।’
_9IJIZmvJln.jpg)
सुदूरपश्चिम प्रदेशमा भने बदली नभएको मानन्धरले बताइन् । हरेक हिउँदमा वर्षा हुने गरेपनि यो वर्ष हिउँ र वर्षा दुबै नपर्दा कृषकहरु मारमा परेका छन् । हिउँदमा पानी नआउँदा बालीनाली समेत राम्रो हुन नसकेको किसानहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण