बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

बिहीबार, १२ माघ २०७९, १५ : ३२
बिहीबार, १२ माघ २०७९

बागलुङ । १७ वर्षीया र १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई  प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा ढोरपाटन नगरपालिका-७ बोबाङ बस्ने २२ वर्षीय आयुष विक र २१ वर्षीय जीवन विक रहेका छन् । 

आयुषले आफ्नै घरमा १६ वर्षीया किशोरीलाई मंगलबार राति जबरजस्ती करणी गरेको र जीवनले आयुषकै घरमा माघ ४ गते राति १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-न्युज कारखाना

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप